मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा बिच भलिबलः नेपाली पुरुष टोलीको लगातार दोस्रो जित

काभा बिच भलिबलः नेपाली पुरुष टोलीको लगातार दोस्रो जित

अपि टाइम्स

काठमाडौं । भुटानमा जारी काभा बिच भलिबलमा पुरुषतर्फ नेपालले शुक्रबार लगातार दोस्रो जित हात पारेको छ ।

भुटानको राजधानी थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा शुक्रबार बिहान भएको पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानलाई २(० को सेटमा पराजित गरेको हो ।

मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले उज्वेकिस्तानका मुहामादिएभ र शारिपोभको जोडीलाई २१/१५, २१/१४ ले पराजित गरेको हो ।

आजै भएको पहिलो खेलमा नेपालले भुटान बी टिमलाई सोझो सेटमन पराजित गरेको थियो । नेपालले आजै समूहको अन्तिम खेलमा ताजिकिस्तानसँग पनि खेल्ने तालिका छ ।

पुरुषतर्फ पहिलो खेलमा नेपाल माल्दिभ्स ए टिभ २/० को सेटमा पराजित भएको हो । कमला पुन र मनिषा चौधरी सम्मिलिति नेपालले महिलातर्फ पनि लगातार दोस्रो जित हात पारेको थियो ।

महिलातर्फ पहिलो खेलमा नेपालले उज्वर्किस्तानलाई र दोस्रो खेलमा भुटानलाई पराजित गरेको थियो । महिलातर्फ अब नेपालले माल्दिभ्ससँग खेल्न बाँकी छ ।

समूह चरणका सबै खेलहरु आजै सकिनेछ भने सेमिफायनल र फाइनल खेलहरु शनिवार हुनेछन् । तीन दिन सञ्चालन हुने काभा बिच भलिबलमा पुरुषतर्फ १० र महिलातर्फ ७ टोलीको सहभागिता छ । नेपालबाट पुरुष र महिला दुवैमा एक(एक टोली सहभागी छन् ।