मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाढीले अटो बगायो, मञ्जुका सपना बाढीसंगै विलिन्

बाढीले अटो बगायो, मञ्जुका सपना बाढीसंगै विलिन्

अपि टाइम्स

दाङ । उपमहानगरपालिका ४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले अटो बगाउँदा बेपत्ता यात्रुको शव भेटिएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार अटोसहित बाढीमा बेपत्ता भएकामध्ये खाद्रे गाउँकी ४४ वर्षीया सीता आलेको शव भेटिएको हो।

उनको शव खोलाले खोलाले अटो खसेको स्थानबाट झन्डै २० किलोमिटर तल तुलसीपुर(१५ मलवारको हरिपौरी गनारीस्थित ग्वार खोलामा फेला परेको थापाले जानकारी दिए।

‘शव भेटिएको भन्ने सूचना आएको छ। सीताको शव उनीहरूको आफन्तले सनाखत गरिसकेका छन्,’ उनले भने।

सीताको शव भेटिएको केही तल अर्को शव पनि भेटिएको र त्यो १७ वर्षीया मञ्जुको हुनसक्ने प्रहरी निरीक्षक थापाले बताए।

शुक्रबार तुलसीपुर उपमहानगरपालिका– ४ स्थित ‘नवलपुर ठूलो खोला’मा आएको बाढीले अटो बगाउँदा खाद्रे गाउँकी ५५ वर्षीया सीता आले र सुर्खेत जिल्लाको बुमे घर भई अध्ययनका लागि खाद्रे गाउँमै बस्दै आएकी १७ वर्षीया मञ्जु खड्का बेपत्ता थिए।

मञ्जु केही वर्षअघि पढ्न भनेर सुर्खेतबाट तुलसीपुर आएकी थिइन्। उनी काकी हस्तमाया रोकाको घरमा बस्थिन्। अहिले उनी तुलसीपुरको गोरख माविमा कक्षा ११ मा अध्ययनरत रहेको शिक्षक विष्णु भण्डारीले जानकारी दिए।

मृत भेटिएकी सीता मञ्जुकी मावला हजुरआमा हुन्।

शनिबार विद्यालय छुट्टी भएकाले बिदा मनाउन शुक्रबार बेलुका नै मञ्जु हजुरआमा संगै मामाघर जाँदै थिइन्। उनीहरू चढेको रा १ ह ४०५५ नम्बरको अटोरिक्सा तुलसीपुर(४ स्थित नवलपुर ठूलो खोलामा आएको बाढीले बगाएको हो।

अटोमा उनीहरूसहित पाँच जना सवार थिए । चालक खाद्रे गाउँका ४६ वर्षीय हरिकिशन विक, स्थानीय ३४ बर्षीया सुनिता थापा र उनका ७ वर्षीय छोरा सुशान्त आले भने बाढीबाट उत्रन सफल भएका थिए।

खोलाले बगाएको अटो भने अहिलेसम्म फेला परेको छैन।

मञ्जुकी नातेदार सुन्दर रोकाले बाढी आएको थाहा हुँदाहुँदै चालकले अटो रिक्सा लगेकाले आफन्त गुमाउनुपरेको बताए।

‍‘सुन्दर भविष्य बनाउनका लागि रोल्पाबाट नानी दाङ पढ्न आएकी थिइन्। उनका सबै सपना बाढी संगै बगेर बिलय भए,’ उनले भने। सेतोपाटीबाट