मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भलिबलमा नेपालले इतिहास रच्योः भारतमाथि सानदार जित

भलिबलमा नेपालले इतिहास रच्योः भारतमाथि सानदार जित

अपि टाइम्स

काठमाडौं । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले भारतलाई ३(२ को सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो तेस्रो र पाँचौं सेट जितेर भारतलाई पराजित गरेको हो । यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ ।

पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो । च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागीता रहेको छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् ।