मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउवाको निर्देशनपछि सुदूरपश्चिममा कमल शाहलाई मुख्यमन्त्रीको चिट्ठा

देउवाको निर्देशनपछि सुदूरपश्चिममा कमल शाहलाई मुख्यमन्त्रीको चिट्ठा

अपि टाइम्स

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कांग्रेसबाट कमलबहादुर शाह मुख्यमन्त्री बन्ने भएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई नै मुख्यमन्त्री बनाउन निर्देशन दिएपछि सुदूरपश्चिममा अन्य आकांक्षी पछि हटेका हुन्।

सुदूरपश्चिमको नेतृत्व कांग्रेसले पाउने भएदेखि नै पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाका भतिजो प्रकाश देउवा, बहादुर थापा र दिवानसिंह विष्टले मुख्यमन्त्रीको आकांक्षा देखाएका थिए।

संसदीय दल नेता समेत रहेका शाहलाई नै मुख्यमन्त्री बनाउन देउवाले निर्देशन दिएपछि बाँकी आकांक्षीहरू सहमत भएको कांग्रेसका एक सांसदले सेतोपाटीलाई जानकारी दिए।