मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अदम्य महत्वाकांक्षा : बालयाेगेश्वरकाेे पशुपति काेटिहाेम

अदम्य महत्वाकांक्षा : बालयाेगेश्वरकाेे पशुपति काेटिहाेम

अपि टाइम्स

विजय भण्डारी उर्फ, विष्णुप्रपन्नाचार्य 

बालयाेगेश्वर विजयकृष्णमूर्ति महाराज र पशुपति काेटिहाेम ।

याे लेख कसैप्रति पूर्वाग्रह नराखी लेखिएकाे छ । 

पंक्तिकारका कलमले पशुपतिनाथलाई प्रणाम गर्दै पशुपति काेटिहाेमकाे चर्चा सुरूगर्न चाहन्छ । अहिलेकाे हटकेक र चर्चाकाे केन्द्रविन्दू बनेकाे छ पशुपति काेटिहाेम । श्रावणकाे १ गतेबाट सञ्चालन भएकाे पशुपति काेटिहाेमले अहिले देशैभरी धार्मिक महामेलाकाे झल्काेे दिईरहेकाे छ । काेटिहाेममा के भयाे? कतिखेर काे गयाे ? काे आयाे ? कस्ले के बाेल्याे? के गर्याे ? आजकाे आकर्षणका केन्द्रविन्दूहरू, भाेलीकाेे आकर्षणहरू भन्ने प्रचार सुन्दा लाग्छ आजभोली ठाउँ-ठाउँमा लाग्ने प्रदर्शनी मेलाकाे जस्तै छनक पशुपति काेटिहाेममा देख्न सकिन्छ । याे आफैमा धर्मचर्चाकाे लागि ठिक हाे ।  काेटिहाेमले कसैलाई ब्राण्ड पनि बनाउदै छ भने कसैकाे युग समाप्त पनि गर्दैछ । हुनत नयाँ युगकाे सुरूवात संगै पुरानाे युगकाे प्रभाव आफै क्षीण हुँदै जान्छ याे प्रकृतीकाे नियम हाे । कतै नामै नसुनेका विद्वान विदुषीहरू पनि परिचित हुँदैछन् याे काेटिहाेमकाे देन हाे । याेगी नरहरीनाथकाे काेटिहाेममा नारीलाई जनैे लगाईदिने र सबैलाई गायत्री मन्त्र सुनाईन्थ्याे बालयाेगेश्वरकाे काेटिहाेममा नारीलाई नै व्यासमा राखेर भगवानका कथा सुनाईदै छ ।  शास्त्रले नारीलाई व्यासमा बसेर कथा भन्ने अनुमति दिएकाे छैन तसर्थ याे नै आफैमा ठूलाे क्रान्ति हाे । काेटिहाेमले कथाकाे धार बदलेकाेे छ । कथाकारकाे प्रकार फेरेकाे छ । यज्ञकाे सारलाई पनि भेटाेस् शुभकामना !! 

अब लागाैं काेटिहाेमसंग सम्बन्धित मैलेदेखेका कुराहरूकाे चर्चा गर्न :- 

१. संकल्पकर्ता 

नेपालकाे पश्चिमी गुल्मी जिल्लामा जन्मिएकाे एक युवाकाे नाम हाे विष्णु भण्डारी । समय काल परिस्थिति र उनकाे ईच्छा अनुसार नाम परिवर्तन हुँदै गयाे । विजय भण्डारी-विष्णुप्रपन्नाचार्य – बालयाेगेश्वर – विजयकृष्णमूर्ति जी महाराज चार नाम राखेका उनलाई सायद अब चाहिँ नाम फेर्न नपर्ने भएकाे छ । उनै विष्णु भण्डारी उर्फ बालयाेगेश्वर नै काेटिहाेमका संकल्पकर्ता हुन् । बडी तामझाम र चकाचाैंध उनलाई सार्है मनपर्छ । उनले आफू यसरी स्थापित हुनलाई अतिनै सङ्घर्ष गरेका छन् तर पटक -पटक फेल हुँदै लड्दै,उठ्दै हिड्दै यहाँसम्म आईपुगेका छन् । अहिले भने उनले परीक्षामा पास हुने सम्भावना देखाएका छन् । उनले यसपाली आफ्नाेे धार बदलेका छन् र महान कार्यकाेे सङ्कल्प लिएका छन् । संधै आफै तामझामकाे मञ्च तयार गरेर आफै मञ्चासीन हुन्थे अहिले दिव्य मञ्च तैयार गरेर अर्कैलाई सम्मानसाथ बसालेका छन् । याे आफैमा महत्वपूर्णकार्य हाेे मञ्च र नामकाे भाेकमरी चल्ने युगमा मञ्च बनाएर अरूलाई सुम्पनु पनि महानता हाे । यश अर्थ पनि काेटिहाेम सफलतातीर जाने पक्कापक्की छ ।  जुन कार्य नरहरीनाथले देशभरी गर्दै हिंड्नुुभाे त्यसै कार्यकाे निरन्तरता यिनबाट हाेस् भगवान पशुपतिनाथबाट प्रेरणा मिलाेस् शुभकामना । 

उनकाे विगत पक्कै धमिलाे छ । याे पंक्तिकार पनि त्यसकाे प्रत्यक्षदर्शी हाे । वाल्मीकि पनि कुनैेवेला रत्नाकर डाकु थिए, जसले पछि महान ग्रन्थ रामायणको जन्म गराए । अंगुलिमाल पनि भिक्षु बन्यो संसारलाई ज्ञान दियो महान आत्माहरुको जिवनमा रुपान्तरणहरु आउने गर्छन् । आशा गरौं यो पशुपति कोटिहोम पनि बालयोगेश्वरको लागि योगी बन्ने रुपन्तरणको यात्रा बनोस्।

केहिवर्ष पूर्व नेपाली मुलकै वृन्दावनवासी एकजना कथाकार नेपाल आएका थिए उनीसंग मेराे भेट भलुही गाैशालामा भएकाेे थियाे । उनी आफ्नाे पैसा उठाउन नेपाल आएका रहेछन् । विष्णु प्रपन्नाचार्य नामले कथा गर्दै हिड्दा अमेरिका लैजानेे भनेर कथावाचकसंग रकम मागेकाेे र पछि नलगेका कारण याेगी साेमराज, याे पंक्तिकार ,ती कथा वाचक र एकजना सहयाेगी भएर उनले कथा गर्दै गरेकाे जिल्ला स्याङ्जा पुग्याैं । त्यतिखेर उनकाे साँझमा कथा चलिरहेकाे थियाे हामी कथा सुरूहुनुुपूर्व नै पुगेका थियाैं । त्यतिखेर पनि उनलाई भेट्न हामीलाई हम्मे हम्मे भएकाे थियाे । बर्डीगार्ड, बाउन्सर लिएर उनी प्रायजसाेे हिंड्ने गर्छन् । हामीले भेट्याैं  उनले केही रकमकाे चेक दिए हामी रातिनैे फर्कियाैं । यतिखेर नैे यी विष्णुप्रपन्नाचार्यबाट बालयाेगेश्वर भैसकेका थिए । अहिले विजयकृष्णमूर्ति बनेका छन् । उनकाे रुचि कथा व्यास नै बन्ने हाे यसमा उनले ठूलै मेहनत गरेकाेे देखिन्छ । तर कथा भन्दा जसरी ताम झाम चकाचाैधमा पैसा खर्च गर्छन् त्याे अनुसार यीनकाे कथा भने चल्न नसकेकाे जस्ताे देखिन्छ ।

यीनले ठूलै यज्ञ गर्ने प्रयास केहिवर्ष पहिले नै पनि दुई तीनचाेटी गरिसकेका छन् । त्यहि क्रममा गुल्मीकाेे रिडीमा र चितवनकाे देवघाटमा नराम्राे स्थिति व्यहाेर्न पर्याे । यसमा यीनकै विगतले नराम्राेसंग धाेका दियाे । ती यज्ञ सफल हुँनै सकेनन् विचमै खण्डित हुुनपुगे । एकपटक याे पंक्तिकार स्याङ्जाबाट बुटवल जाँदै गर्दा बुटवलकी एक धनाढ्य घरकी आमा संगै यात्रामा हुनुुहुन्थ्याे । ती आमाले बालयाेगेश्वरलाई फसाएर जेल लगेका हुन् उहाँ निर्दाेष हुनुुहुन्छ जेलमा हुँदा कैयाे पटक खाना बनाएर भेट्न गएकाे कुरा बताउनु भएकाे थियाे । यसले पनि के स्पष्ट हुन्छ भने उनकाे विगत कस्ताेे थियाे भन्नेकुरा । याे पंक्तिकारले विगतकाे कुरा किन निकाल्न ठान्याे भन्नुहुुन्छ हाेला । अहिले जुन हिसावले बालयाेगेश्वर र काेटिहाेमकाे बदनाम गर्न खाेजिदैछ त्यसभित्रकाे रहस्य सबैलाई थाहा हुन आवश्यक छ । मान्छेकाे मुल्याङ्कन वर्तमान अवस्थालाई हेरेर गर्नुपर्दछ। अहिले के गर्दैछ । के साेंच्दैछ भन्ने कुरा प्राथमिक विषय हाेे । तर विगत पनि छर्लङ्ग भयाे भने अगाडि बढ्न अझै सजिलाे हुन्छ । त्यसैले याे पंक्तिकार विगतका कुरालाई स्पष्ट्याउन जायज ठान्दछ । तर अहिले स्वनामधन्य विद्वान सुधिजन बन्न खाेज्ने समूहले शास्त्रकाे हवालात दिदै काेटिहाेम असफल बनाउन भरसक प्रयास गरिरहेका छन् । काेटिहाेम सानाे यज्ञ हाेईन यज्ञ सफल मात्र हुँदा धेरै फाईदाहरू हुन्छन् । सकारात्मकताकाे विकास हुन्छ । हवनले वायुमण्डल शुद्ध हुन्छ । शिवकाे देशका शिवमन्त्रले काेटिहाेम गर्दा शिवजी प्रसन्न हुन्छन् । याे देख्न नसक्ने विद्वताकाे मुकुण्डाे भिरेका पाखण्डधारी नै यसका विराेधीहरू हुन् । याेगी नरहरीनाथले काेटिहाेम लाउँदा ढुङ्गाले हानेकाे सम्म ईतिहास छ । तसर्थ राम्राे हुन नदिने आसुरी तत्वहरूलाई ध्यान नदिएर काममा गैंडाजस्तै लाग बालयाेगेश्वर याेगी बन शुभकामना । भारतीय कवि रविन्द्रनाथ टैगाेरले भनेकाछन् एक्ला चलाे रे ….. खप्तड स्वामीले विचार विज्ञानमा त्यस्तै कुरा लेखेका छन् यदि तिमी हिडेकाे बाटाे ठिक छ भने गैंडा झैं एक्लै हिन कसैकाे  प्रवाह नगर । 

२. काेटिहाेम र याेगीनरहरीनाथ

काेटिहाेम भन्ने बित्तिकै नेपाली जनमानसले याेगी नरहरीनाथलाई झर्लक्क सम्झन्छन् । नेपालमा काेटिहाेम यज्ञकाे आरम्भकर्ता नै याेगीनरहरीनाथ हुन् । काेेटी भनेकाेे कराेेड संख्या हाे । हाेम भनेकाे आहूती, स्वाहा, अग्निलाई हवन सामाग्री समर्पण गर्नु नै हाेम हाेे । जसलाई यज्ञ पनि भनेर बुझिन्छ । कराेड संख्यामा गरिने हवनात्मक यज्ञलाई नै काेटिहाेम यज्ञ भनिन्छ । हवनकाे महत्व अत्यधिक रहेकाेे छ र याे वैज्ञानिक पनि छ । हवनद्वारा अकल्पनीय कामहरू सम्भव हुन्छन् – हवनयज्ञबाट रामकाे जन्मभयाे । हवनयज्ञ अग्निबाटै द्राैपदीकाे जन्म भयाे । हाम्रा सम्पूर्ण १६ संस्कार अग्निप्रधान संस्कार हुन् । हवन नगरी कुनैपनि कार्य पूर्ण हुँदैन । त्यस्ताे हवन सुव्यवस्थित र शुद्ध भयाे भने संकल्पित काम पूर्ण हुन्छ । 

काेटिहाेममा हवन गरिने मन्त्र विशेष हुनुुपर्छ । वैदिक हुनुुपर्छ । अझ भनाै गायत्री मन्त्रकाे हवन हुुनुुपर्छ । याेेगी नरहरीनाथकाे काेटिहाेम यज्ञमा गायत्री मन्त्रकै विशेष हवन हुुन्थ्याे । हवन सामग्रीपनि विशेष जडीबुडीले युक्त हुन्थ्याे । उनी हवन सामग्रीमा जडीबुटीहरू प्रयाेग गर्थे । 

उनकाेे १०८ काेेटिहाेम गर्ने शङ्कल्प नै रहेकाे थियाे । नेपालका विभिन्न स्थानमा योगिनरहरिनाथले काेटिहाेम यज्ञ सम्पन्न गरेका थिए अझै पनि ती स्थानहरूमा आध्यात्मिक उर्जाकाे महसुस हुन्छ । लामाे समयसम्म हवन गरिएकाे ठाउँ तीर्थ बन्छ । अरूलाई सम्मान गर्नु मञ्च दिनु , अरूलाई अगि सार्नुु महान व्यक्तिकाे लक्षण हाे आफैमा गहन कुरा हाे । यसपटक बालयाेगेश्वरले अरूलाई सम्मान दिए, मञ्च दिए, प्रख्यात बनाउन ठूलाे भूमिका खेले । त्यसबेला आजकाे जस्ताे सामाजिक सञ्जाल , टिभी, ईन्टरनेट हन्थ्याे भने याेगी नरहरीनाथकाे यज्ञले राजनितिक उथलपुथल ल्याउन सक्थ्याे । अहिले त केही कथाव्यास मात्र भारतबाट आएकाे देखिन्छ त्यसबेला याेगी नरहरीनाथले आफ्नाे काेटिहाेम यज्ञमा भारतबाट महान शंकराचारर्यहरूलाई झिकाएकाेे सम्म ईतिहास छ । 

अहिलेकाेे युग ईन्टरनेटकाे हाे । पहिलेभन्दा छिटाे समाचार सम्प्रेषण हुन्छन् । समाचार सम्प्रेषण र भिडियाे सम्प्रेषणका लागि बालयाेेगेश्वरले ठूलै रकम खर्च गरेकाे देख्न सकिन्छ बिगत तीन महिना अगिदेखि फेसबुक, यूट्युव, ईन्स्टा, टिभी जताततै पशुपति काेटिहाेमकाे प्रचार देख्न सकिन्छ । मूलधारका मिडिया बाहेक । काेटिहाेम आर्थिक रूपले सफल हुन सक्छ सक्दैन तर आध्यात्मिक र प्रचारात्मक हिसावले पूर्ण सफल भैसकेकाेे छ । यसले देशैेभरि आम जनमानसमा छुट्टै तरङ्ग ल्याएकाेे छ । देशका अन्यान्य ठाउँमा नामचलेका कथाव्यासकाे कथा चलिरहेकाे छ तर कसैलाई थाहा छैन । अहिले पशुपति काेटिहाेमकाे मात्र चर्चा छ । यसरी हेर्दा बालयाेगेश्वरले मियियाकाे बललाई पूर्ण रूपमा प्रयाेग गरेकाेे कारणले पनि कार्यक्रामकाे चर्चा व्यापक भैरहेकाे छ । 

उपसंहार ( अन्त्यमा )

चियाेचर्चाे र कानेखुसीहरूका बाछिटाहरू सुन्दा कसैले बालयाेगेश्वर ठूलै नेताबाट परिचालित हाे । कालाे पैसालाई सेताे बनाउन खटाईएकाेे व्यक्ति हाेे पनि भन्दैछन् । कतै भारत तथा कुनैे विदेशी संस्थाद्वारा धर्मभित्रै नपसेसम्म नेपाललाई ध्वस्त पार्न नसकिने भएपछि खटाईएकाे पात्र हाे भन्ने हल्ला पनि चलाईरहेका छन् । चाहे जे हाेस् याे पंक्तिकारले उनकाेे आंट र अदम्य महत्वाकांक्षालाई भनि स्वीकारेकाेे छ । देशभरी जसरी धर्म, भगवानका नाम र भजनहरूकाे चर्चा हुँदैछ । यस्ताे चर्चा सायदै भएकाे थियाे हाेला । यसले पनि के स्पष्ट हुन्छ भने एक व्यक्तिले चाह्याे भने देशमा परिवर्तन ल्याउन धेरै दिन काम नगरे पनि हुन्छ एक महिनासम्म शास्त्रिय यज्ञ लगाएर भरपूर काम गर्ने सक्ने हाेे भने ठूलै आध्यात्मिक परिवर्तन देशमा ल्याउन सकिन्छ भन्ने उदाहरण बालयाेगेश्वरकाे पशुपति काेटिहाेमले देखाएकाे छ । काेटिहाेमका नकारात्मक पक्षहरू पनि छन् हाेलान् त्यसकाेे चर्चा फेरि गर्दै गराैंला अहिलेलाई पशुपति काेटिहाेमका संकल्पकर्ता र खटिने स्वयंसेवकहरू सबैेप्रति हृदयत मिठाे माया र प्रेम प्रकट गर्दै याे पंक्तिकार शिवजी प्रति नतमस्तक छ पशुपतिनाथप्रति अगाध श्रद्धा राख्दछ । अस्तु । 

लेखक : आचार्य कमल
हिमवत् प्रतिष्ठानका अध्यक्ष हुनुहुन्छ