मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीमाको रकम असुल्न सपिङ सेन्टरमा आगजनी, प्रहरीले यसरी समात्यो

बीमाको रकम असुल्न सपिङ सेन्टरमा आगजनी, प्रहरीले यसरी समात्यो

अपि टाइम्स

पोखरा । लेकसाइडको एक सपिङ सेन्टरमा आगोको मुस्लो दन्कन्छ। स्थानीयले बुधबार बिहान २ बजे जिल्ला प्रहरी कार्यालयमा आगलागीको सूचना दिन्छन्।

आगो निभाउन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरीको टोली हतार गर्दै पुग्छ। पोखरा महानगरपालिकाको दमकलको सहयोगमा स्थानीयसँग मिलेर प्रहरीले एक घण्टामा आगो निभाउन सफल हुन्छ।

पोखरा महानगरपालिका–६ लेकसाइडको नारेश्वरचोकस्थित मुक्तिनाथ सपिङ सेन्टरको मदिरा, ग्रोसरी, कस्मेटिक लगायतका सामग्री जलेर सबै खरानी बन्छ।

प्रहरीले सपिङ सेन्टरका सञ्चालक सुजन गहतराजसँग प्रारिम्भक सोधपुछ गर्दा बयान दिन्छन्, ‘नयाँ इनभटर जडान गरेको थिए, इन्भर्टरको वाइरिङबाट सर्ट भएर आगो लागेको हो।’

प्रहरीले अनुसन्धानको क्रममा इन्भटरको सप्लार्यससँग बुझ्दा पत्ता लाग्छ इन्भटरमा आगो लाग्दैन। बरु जडानको क्रमममा बिग्रन सक्छ।

प्रहरीले नेपाल विद्युत प्राधिकरणसँग सोधपुछ गर्दा त्यो दिन विद्युत्तको कुनै कैफियत नभएको बताउँछ।

प्रहरीले सपिङ सेन्टरका सञ्चालक गहतराजलाई बीमा गरेको छ कि छैन भनेर प्रश्न गर्छ ? उनले बीमा नभएको बताउँछन्।

सञ्चालक गहतराजले कसरी आगलागी भयो भनेर थप अनुसन्धान गर्न वडा प्रहरी कार्यालय बैदाममा बिहीबार निवेदन दिन्छन्।

अनुसन्धान गर्न निवदेन दिएकै दिन हतार गर्दै उनले हिमालयन एभरेष्ट इन्स्युरेन्सको न्यूरोड शाखामा बीमा दाबीको निवेदन पेश गर्छन्।

सुजनलाई नै शंकाको घेरामा राखेर अनुसन्धान गरेको प्रहरीले सपिङ सेन्टरको बीमा गरेको भेउ पाउँछ। प्रहरीले केरकार गर्दा हिमालयन एभरेष्ट इन्सुरेन्स लिमिटेडमा २ करोड १० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गरेको सुजनले स्वीकार्छन्। त्यसपछि आपराधिक उपद्र गर्न नहुने कसुरमा उनी पुग्छन् प्रहरी हिरासतमा।

बीमा कम्पनीबाट रकम लिने सुरमा आफ्नै पसलमा आगो लगाउने सपिङ सेन्टरका सञ्चालक पोखरा महानगरपालिका–१७ ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराजलाई जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पक्राउ गरेको छ।

योजनाकार गहतराजलाई ‘आइडिया’ दिने पोखरा महानगरपालिका–१७ विरौटाका ४३ वर्षीय पवन नेपाललाई पनि प्रहरीले हिरासतमा लिएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै कास्की प्रहरीले घटना र अभियुक्त सार्वजनिक गरेको हो।

पसल नचलेपछि बीमाको रकम लिनलाई सञ्चालक सुजनले योजना बनाएर आगो लगाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहनकुमार थापाले बताए। ‘पसल खासै धेरै नचलेको रहेछ। सामान ठूलो मात्रामा स्टक रहेछ। घरधनीसँग भाडालगायतका कुरामा विवाद थियो। योजना बनाएर बीमा ठगी गर्ने उद्देश्यले आफ्नै पसलमा आगो लगाएको देखिन्छ’, उनले भने।

घटना भएको राति सुजनले घरबाट गाडीमा स्प्रिटको ग्यालेन राखेको प्रहरीले जनाएको छ। रातको अन्दाजी ११ बजे सुजनले साथी पवनलाई बोलाउँछन्। उनीहरुको भेट ड्यामसाइडको फेवा झिर रेस्टुरेन्टमा हुन्छ। त्यहाँ उनीहरुले ५ वटा बियर पिउँछन्। ‘योजना मुताविक सुजन र पवनको पानी परेको दिन सबै सुत्छन्, मानिसको चहलपहल हुँदैन, त्यही बेला पसलमा आगो लगाउने सरसल्लाह हुन्छ’, एसपी थापाले घटनाबारे सुनाए।

सुजनले चलाउने गरेको ग ३ च ६२६६ नम्बरको गाडीमा पवनसमेत राति पसलमा पुगेका थिए। ‘दुवै जना १०र१५ मिनेट भित्र बसेर सुजन बाहिर निस्कन्छ। सटर लगाइ हतारहतार गाडी लिएर तालबाराही स्कुल गएका थिए। त्यतिबेला पवन पसलकै बाहिर बसेका थिए। एकछिनपछि पवनले सलाई कोरेर फाली सुजनको गाडीकै पछि लागेका थिए’, एसपी थालो भने।

आगो लगाएर बीमा दाबी गर्न पवनबाट प्रभावित भएको अनुसन्धानबाट खुलेको छ। गएको चैत २ गते गहतराजले सपिङ सेन्टरको एक वर्षका लागि बीमा गराएका थिए। एसपी थापाका अनुसार पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट सञ्चालित सफल पोल्ट्री फार्ममा गत वर्ष आगो लागेपछि पवनले बीमा कम्पनीबाट ३१ लाख रुपैयाँ बुझेका थिए।

घटनाका मुख्य योजनाकार गहतराज यसअघि २०७२ साउनमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जुवा मुद्दामा पक्राउ परेको प्रहरीको रेकर्डमा देखिएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध आपराधिक उपद्र गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भइरहेको छ।देशसंचारबाट