मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसरी सुरु भयो पिपरा अस्पतालमा पोष्टमार्टम सेवा

यसरी सुरु भयो पिपरा अस्पतालमा पोष्टमार्टम सेवा

अपि टाइम्स

जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाद्धारा संचालित पिपरा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को योजनाहरु मध्ये प्राथमिकतामा रहेको पिपरा अस्पतालमा आजदेखि पोष्टमोर्टम सेवा सुचारू भएको हो ।

अस्पतालका चिकित्सकहरु डा. गणेश क्षेत्री, डा. सुदिप पौडेल लगायतको टिमले वडा नं ९ को एक शव पोष्टमोर्ट्म गरी सेवा सुरु गरेका थिए । सो अवसरमा नगर प्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकीय अधिकृतज्यू भक्तीराम मरासिनी, स्वास्थ्य शाखा, प्रमुख ठगराज पौडेल लगायतको पनि सहभागिता थियो ।

नगरको यस कार्यमा अस्पताल व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु, इलाका प्रहरी कार्यालय पिपरा लगायतका कर्मचारीबाट सहयोग भएको भन्दै नगर प्रमुख अर्याललआगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई थप सुदृढीकरण गर्दै लैजाने अस्पतालले जनाएको छ ।

सेवा सुरु भएको प्रति लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि खुसी ब्यक्त गर्दै धन्यबाद दिएका छन् ।

यसैबीच अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयबाट करिव ३५ लाख वरावरको स्वास्थ्य मेसेनरी औजार पनि प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार महिला रोग विशेषज्ञ सहितको सेवा ‘CEONC’ को सेवाको लागि सरकारबाट ३४ लाख बजेट पनि प्राप्त भएको छ । नगरप्रमुख अर्यालको पहलबाट उक्त सेवा सामाग्री प्राप्त भएको पौडेलले बताए ।