मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सार्वजनिक भयो कोपिला सापकोटाको ‘महाकालीको रुप’

सार्वजनिक भयो कोपिला सापकोटाको ‘महाकालीको रुप’

अपि टाइम्स

कपिलवस्तु । लोक तथा दोहोरी गायिका कोपिला सापकोटाको नयाँ तीज गीत संग्रह बजारमा आएको छ ।

सापकोटाले आफ्नो युटुभ च्यानल कोपिला सापकोटा अफिसियलमार्फत् केहि दिन अघि महाकालीको रुप नामक तीजगीत संग्रह बजारमा ल्याएकी हुन् । गीतले नारी शक्तिको महिमा देखाउन खोजेको सापकोटाले अपिटाईम्समार्फत् बताइन् ।

नयन शर्माको शब्द रहेको गीतमा स्वयम् सापकोटा, दिपिका जेनी र दिपेन थापाको स्वर रहेको छ भने कलाकारहरु नेहा कुँवर, बर्षा लम्साल र दिपेन थापाको मुख्य अभिनय रहेको छ । गीतमा नारायण भट्टराईले म्युजिक भरेका छन् ।

नारीलाई भगवानको रुप मानेर समाजले सम्मान गर्नुपर्ने सापकोटा बताउँछिन्, उनी भन्छिन् ‘अहिले नारीको सम्मान भएको देखिदैन, त्यसैले यो सन्देश दिन यस खालको तीजगीत निर्माण गरेका छौँ । कलाकारको मिहिनेत छ । सबैले हेर्नुहोला ।’

म्युजिक भिडिओमा स्मृति लिमिल्सिनाले डाइरेक्टर र कोरियोग्राफरको काम गरेकी छन् । यो सापकोटाको पाँचौँ एल्बम हो । सापकोटाका यसअघिका गीतहरु पनि चर्चित बनेका थिए ।