मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री दलबलसहित काठमाण्डौँ हानिए, खाली भए कार्यकक्ष

लुम्बिनीका मुख्यमन्त्रीसहित सबै मन्त्री दलबलसहित काठमाण्डौँ हानिए, खाली भए कार्यकक्ष

अपि टाइम्स

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसहित दलबलसहित सबै मन्त्री काठमाण्डौँ हानिएपछि सबै मन्त्रालय खाली भएका छन् । लुम्बिनी प्रदेशमा संघीयता कार्यान्वयनको ७ वर्षमा प्रदेशका सबै मन्त्री एकसाथ काठमाडौंमा जुटेको यो पहिलो पटक हो । साउन ९ गते लुम्बिनीमा मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्री बनेका थिए ।

ती सबै मन्त्रीहरू शुक्रबार काठमाडौंमा छन् । मन्त्रीहरू सबै काठमाडौं तिर लागेपछि प्रदेशमा सबै मन्त्रीका कार्यकक्ष सुनसान भएका छन् ।
लुम्बिनीका मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी बुधबार नै काठमाडौं पुगेका थिए ।

संघीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई गत आवमा दिनुपर्ने समानीकरण अनुदान तर्फको २ अर्ब १० करोड रुपैयाँ रकम नदिएपछि त्यही रकम माग गर्न मुख्यमन्त्री आचार्यसहितको टोली काठमाडौं गएको थियो । त्यस क्रममा उनीहरूले अर्थ मन्त्री विष्णु पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल लगायतका नेताहरूलाई भेटेर समानीकरण अनुदान तर्फको रकम चालु आवमा तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

उनीहरूले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बताए ।