मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्रालय रित्याएर प्रधानमन्त्रीलाई भेटेका लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले के पाए ?

मन्त्रालय रित्याएर प्रधानमन्त्रीलाई भेटेका लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले के पाए ?

अपि टाइम्स

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । आइतबार लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्दै त्यसको बजार विस्तार गर्न सुझाव दिए ।

‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालय आदि संरचनामा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन । हामीसँग ऊर्वर धर्ती, पानी र हावापानी छ । मेहिनेत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरु छन्,ु प्रधानमन्त्री ओलीले भने, ुयस्ता काममा हाम्रा राजनीतिक दलका संगठन र कार्यकर्ता पनि लाग्नुपर्छ । तिनीहरुले जनतासँग नङ र मासुको सम्बन्ध बनाउनुपर्छ । हामीहरु नियुक्तिमा को जानेरनजाने खालको साना विषयमा अल्झनु हुँदैन । मुख्यकुरा, देशको विद्यमान समस्याको समाधान कसरी गर्ने भन्नेमा हाम्रो ध्यान जानुपर्छ ।’

उनले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थरतरकारी निर्यात र आयात नगर्न ध्यानाकर्षण गराउँदै जनतालाई स्वस्थ्य खाना खुवाउने प्रबन्ध गर्न सम्झाउनुपर्ने बताए ।

अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमाले र कांग्रेस मिल्दा पनि देश बनाउन नसकिए कसले बनाउँछ भन्दै प्रश्न गरे । प्रधानमन्त्री ओलीले हाल घाटा बजेटमा सरकारहरु सञ्चालन भएकाले आफूहरुले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमतिरसहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन पनि आग्रह गरे । भेटमा लुम्बिनीका मुख्यमन्त्री आचार्यले प्रदेशको राजधानी रुपन्देहीबाट दाङ सार्न बजेटको प्रबन्ध र समग्र पूर्वाधार विकासमा केन्द्र सरकारको सहयोगको अपेक्षा रहेको बताएका थिए ।

छलफलमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेकपा एमालेका महासचिव शंकर पोखरेललगायत नेताहरु समेत सहभागी थिए ।