चन्द्रकान्त न्यौपाने, जितपुर ।
कपिलवस्तुमा एउटा अचम्मको संस्थाको जन्म भएको छ । जसको नाम नै आश्चर्यमा पार्ने खालको छ । संस्थाको नाम हो, सिस्नोपानी छालामा, जुत्ताको माला गलामा । “
यो संस्था बुद्धभूमि नगरपालिकामा स्थापना भएको हो । समाजमा वेथिति मच्याउनेहरुको भण्डाफोर गर्ने उद्धेश्यले संस्थाको जन्म भएको बताइएको छ ।
अपिटाइम्सलाई प्राप्त जानकारी अनुसार गाईजात्राको अवसर पारी जनै पुर्णिमाको अघिल्लो दिन सिस्नोपानी नेपालका केन्द्रीय ब्यक्तित्वहरुले संस्थाको उद्घाटन गर्नेछन् । जिल्लाभरको विकृति र विसंगति, समाज विगार्ने ब्यक्तिहरुको नाम नै किटेर सार्वजनिक गर्ने समेत संस्थाले जनाएको छ । संस्थामा आवद्धहरुको नामावली उद्घाटनकै अवसरमा सार्वजनिक गरिने बताइएको छ ।
उद्घाटनको अवसरमा बुद्धभुमिका बिभिन्न क्षेत्रका १२ जना ब्यक्तिहरुलाईसमेत सम्मान गर्ने कार्यक्रम तय भएको जानकारी छ । जसमा राजनैतिक दल, जनप्रतिनिधि, कर्मचारी र विधि क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ३३ जना पर्नेछन् । पुरस्कार प्राप्त गर्ने ब्यक्ति सिफारिसमा परिसकेका बताइएको छ ।
कस्तो क्षमता भएकोलाई दिइने छ पुरस्कार ?
-ड्युटीप्रति इमान्दार नहुने, जति बेला पनि मदिरा सेवन गरेर लठ्ठ परेर हिड्ने !, घुस खान नगरभरीमै चर्चायोग्य, सेवा प्रदायकहरुनै जनतालाई नोकर र आफुलाई मालिक सम्झने प्रबृत्ति भएका कर्मचारी
-जनताको सेवालाई महत्व नदिने, बार्है मास मापसे सेवन गर्ने , बिकास बजेटमा र्याल काढ्ने जनप्रतिनिधि
-समयमा स्कुल नपुग्ने वा बिदा अघि नै स्कुलबाट टाप कस्ने, आफ्नो पढाएको बिषयमा अधिकतम बिद्यार्थी फेल हुने, ५ ८ , १० र १२ कक्षाको परिक्षामा धेरै बिद्यार्थी फेल गर्ने , बिद्यालय पुगेर पनि झारा टार्ने मात्र काम गरिरहेका शिक्षक
-पाएको जिम्मेवारी पुरा नगर्ने, बिपक्षी र सत्ता पक्ष बिच छुट्याउन नसक्ने चरित्र बोकेका, आफ्ना पार्टी भित्रका गोप्य सुचना बिरोधि पार्टीलाई दिने, बिरोधि पार्टीबाट सम्मान र गोप्य ढङ्गका योजना बनाउने अनि लेनदेन गर्ने रहेको छ हरेक पार्टीले आ आफ्ना पार्टीमा भएका ब्यक्तित्वहरुको नाम पठाउन सक्ने नेता
यस्तो छ छनौटको आधार
क) ५० % अंक सम्बन्धित ब्यक्तिलाई हालसम्म जनताको बुझाईको आधारमा सर्बेक्षण
ख) ५०% अन्क जनताले दिने लिखित रिपोर्टबाट ।
पुरस्कारको नाम
प्रथमः पालिका स्तरिय घुस्याहा जुको, द्वितीय देशघाती उल्लुराम ,
तृतीय मर्न नसकेको अपराधि
पुरस्कार
बिग्रेका फ्रीज, एसि टेलिभिजन पंखा, कुकुरको मुत, गिलास आदि
संस्थाले कक्षा कोठा या बाहिर चोक गल्ली वा भट्टि पसलमा हो हल्ला गरेको अडियो भिडियो संस्थाको आधिकारीक फेसबुक पेजमा राख्ने समेत जनाएको छ ।
प्रतिक्रिया