मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्धभूमी मोहिः सुरुवाती प्रसंसा अहिले ‘बदनाम’, गयो गुणस्तर परीक्षणमा

बुद्धभूमी मोहिः सुरुवाती प्रसंसा अहिले ‘बदनाम’, गयो गुणस्तर परीक्षणमा

अपि टाइम्स

कपिलवस्तु । ग्लोबल डेरीले बजारमा ल्याएको ‘बुद्धभूमी मोहि’ को गुणस्तर परीक्षण हुने भएको छ । बुद्धभुमी नगरपालिका इमिलियामा रहेको बुद्धभुमी मोहीमा अखाद्ध र गुणस्तरहिन सामाग्री मिसावट गरेका प्रमाणहरु भेटिन थालेपछि नियामक निकायले यसको गुणस्तर परीक्षण गर्ने भएको हो ।

यसको लागि गोरोसिङ्गे बजारमा मोहीको सेम्पल कलेक्सन गरी भैरहवा पठाइएको खाद्य तथा गुण नियन्त्रक डिभिजन कार्यालय तौलिहवाका प्रमुख रमेश दहालले बताए । खाद्य तथा गुण नियन्त्रक डिभिजन कार्यालय तौलिहवाका प्रमुख रमेश दहाल र डिभिजनकै सरोज खनालको टोलीले गोरुसिङ्गे बजारमा मोहीको जनगुनासो टिपोट गरेका थिए । अनियमितताका यस्तै गुनासा आएपछि कार्यालयबाट परीक्षण टोली आएको हो ।

केहि महिना मोहीको उत्पाद सुरु गरेको ग्लोबल डेरीले ब्यापक रुपमा बदमासी गरेको अनुमान छ । मोही विक्रिका लागि जहाँजहाँ पठाइएको छ त्यहाँत्यहाँबाट गुनासो आउन थाल्ने क्रममा शुक्रवार गोरुसिङ्गेको एक होटलमा बिग्रीएका बट्टा फेला परेका थिए । उत्पादनको मितिले ५ दिनसम्म खान मिल्ने भनिए पनि बजारमा ल्याएको दोस्रो दिनदेखि नै मोहिमा समस्या देखिएको छ ।

मोहीमा एसिडको मात्रा धेरै भएर पखालाजन्य समस्या, पेट डम्म पार्ने खालको समस्या पनि उपभोक्ताले भोग्न थालेको बताइन्छ । सुरुमा मोहीको चर्चा भए पनि अहिले त्यो चर्चा ओझेलमा पर्नेगरी बदनाम भएको छ । उपभोक्ताहरु पनि सुरुमा राम्रै रहेको बताउँदै आजभोलि कम्पनीले बदमासी गरेको बताउँछन्

। मोहीको गुणस्तर निकै कमसल र अधिक केमिकल प्रयोग गरेको हुनाले उत्पादक संस्था ग्लोबल डेरीको छानविन गर्न पनि माग गरिएको छ ।
परीक्षणपछि लापरबाही ठहरिए कानुन अनुसार कारबाही हुने परीक्षण गर्न आएको टोलीले बताएको छ ।