मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुलुकलाई गिज्याउंने दशरथ रंगशाला, हिलोमा पछारिँदै खेल्दै खेलाडी

मुलुकलाई गिज्याउंने दशरथ रंगशाला, हिलोमा पछारिँदै खेल्दै खेलाडी

अपि टाइम्स

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेलमा खेलाडीहरु हिलोमा पछारिँदै खेल्दै गरे ।

चर्च ब्वाइज युनाइटेडको कप्तानी अनन्त तामाङले गरेका थिए भने पारोले पनि गोल गरेको थियो ।
अन्तिममा भुटानको पारोसंग चर्च ब्वाइज पराजित भयो ।
पानी परेकाले दशरथ रंगशाला हिलाम्मे भएपछि खेलाडीलाई सहज भएन । पारोले कठिन जित दर्ता गर्यो । जापानी स्ट्राइकर कोइसुके होन्डाले अहिलेसम्मकै खराबको संज्ञा दिएका दशरथ रंगशाला मंगलबार त्यस्तै बन्यो । मैदान हिलाम्य भएपछि जिउभरी हिलो लिएर खेलाडी खेलेका थिए । उनीहरु पछारिँदै खेल्दै गरेका थिए । खेलाडीका ती दृश्यले यसले मुलुकलाई गिज्याएको थियो ।

हिलाम्मे मैदानमा खेलाडीहरू बल खोसाखोसका क्रममा पटक पटक पछारिएका छन् । पहिलो हाफमै खेलाडीको जिउभरी हिलैहिलो भएको छ ।
मैदान हिलाम्मे हुँदा खेलाडीहरूले खेल कौशल समेत देखाउन सकेका छैनन् ।

भुटानको पारो एफसीबाट खेल्न आएका उनले आफ्नो करियरकै खराब मैदान भनेर दशरथ रंगशालाबारे टिप्पणी गरेका थिए ।

तस्बिरहरू । नेपाल फोटो लाइब्रेरी