मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘हाई मेरो मायालु’ले चर्चा बटुल्दै (भिडिओ)

‘हाई मेरो मायालु’ले चर्चा बटुल्दै (भिडिओ)

अपि टाइम्स

काठमाडौँ । लोक तथा दोहोरी गायक नारायण विपी परियार र शिव खनाल लगायतका कलाकारले नयाँ तीज गीत संग्रह बजारमा ल्याएका छन् । नेपाली लोक संगितमा बहुमुखी प्रतिभा सम्पन्न परियारले केहि दिन अघि गायिका विष्णु श्रीपालीको यूटुव च्यानलमार्फत् हाई मेरो मायालु सर्बजनिक गरेका हुन् ।

बजारमा आएका गितहरुजस्तै यो गीत पनि निकै राम्रो रहेको परियार बताउँछन् । गीतमा परियारसंगै गायिका विष्णु श्रीपाली, लोक दोहोरी गायक शिव खनाल, कल्पना परियार र सोनि सुनारले पनि स्वर भरेका छन् । चर्चित गायत शिव हमालको लय तथा शब्द रहेको गीतमा तीजको मौलिकतालाई रमाइलो ढंगबाट पस्कने काम भएको छ । स्वरसंगै एल्बममा श्रीपाली, परियार र सुनारको पनि लगानी रहेको बताइएको छ ।

स्मृति तिमिल्सिनाको निर्देशन र कोरियोग्राफी रहेको गीतको म्युजिक भीडिओमा कलाकार रायन बस्याल र सोनी सुनारले राम्रो अभिनय रहेको देख्न सकिन्छ ।

निकै मनोरम र प्राकृतिक वातावरणमा अजय रेग्मीले म्युजिक भिडिओको छायांकन गरेका छन् । म्युजिक एरेन्जर बिश्वास नेपाल रहेको गितको सम्पादन नवीन घर्ती मगरले गरेका छन् । म्युजिक भिडिओले अहिले युटुभमा चर्चा पाउन थालेको छ ।

यो समाचार तयार पार्दासम्म चार दिनमा करिब ५० हजार दर्शकले म्युजिक भिडिओलाई युटुभमा हेरेका छन् भने प्रतिक्रिया पनि राम्रो छ । म्युजिक र गायनमा कला भरिएको गीतमा तीजको मौलिक भाकालाई पस्कने काम भएको परियारले बताए ।
(भिडिओ)