मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्नी शोकमा शिवराजका प्रमुख प्रशासकीय अधिकृत पौडेल, कारण हृदयघात

पत्नी शोकमा शिवराजका प्रमुख प्रशासकीय अधिकृत पौडेल, कारण हृदयघात

अपि टाइम्स

जितपुर । कपिलवस्तुको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल पत्नी शोकमा परेका छन् । पौडेलकी धर्मपत्नी सीता पौडेलको गयराति ३९ वर्षको उमेरमा निधन भएपछि पौडेल शोकमा परेका हुन् ।

हृदयघात भएपछि गौतमबुद्ध मुटु अस्पतालमा उपचारको क्रममा सिताको निधन भएको पारिवारिक श्रोतको भनाई छ ।
मृतक पौडलेको लक्ष्मणघाटमा अन्तिम संस्कार गरिएको छ । गुल्मी स्थायी घर भएका प्रमुख प्रशासकीय अधिकृत पौडेल हाल बुटवल बस्दै आएका छन् । पौडेलका २ छोरा छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको पत्नीको निधनले आफूहरुलाई पनि स्तब्ध तुल्याएको भन्दै नगर प्रमुख अजय थापाले दुख ब्यक्त गरे । मृतक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै थापाले शोकसन्तप्त परिवारजनप्रति गहिरो दुख ब्यक्त गरेका छन् ।