मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनपेट मिल्ने साथीसंग वडा अध्यक्ष अर्यालको किन पर्‍यो लफडा ? (पढ्नुहोस् विस्तृत)

मनपेट मिल्ने साथीसंग वडा अध्यक्ष अर्यालको किन पर्‍यो लफडा ? (पढ्नुहोस् विस्तृत)

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर । विद्यार्थी राजनीतिबाट उदाएर गत ७८ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार बनाएर पहिलो चुनाव नै सानदार ढंगबाट जितेका वडा अध्यक्ष हुन् बाबुराम अर्याल ।

उनले कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ को नेतृत्व गर्दछन् । अर्याल राजनीति गरेको र बुझेको युवा हो गर्दछ, एमालेको नाम राख्दछ भन्ने पुरापुर विश्वासमा पार्टीले पनि टिकट दिएको थियो । उनलाई टिकट दिँदा एमाले ८ नम्बर वडाका होनहार र पाका नेताहरुसमेत ओझेलमा परेका थिए । तर तिनै आशा गरिएका युवा वडा अध्यक्ष अर्याल अचेल दिनप्रतिदिन आलोचनाको अचानोमा थिचिँदै गएका छन् ।

अर्यालमा चुनाव जितेको दम्भ पलाएको हो या साथीसंगतिले बिग्रिए या पार्टीले अनुशाषनमा राख्न सकेन, उनका गतिविधिले अहिले सिंगो वडाबासी दिक्क छन् । विकास निर्माण के कति गरेका छन् उनैले प्रष्ट्याउलान् तर उनको आचरण र वडा अध्यक्ष पदको कदमा गिरावट आउने कैयौँ गतिविधि गरिरहँदा वडाबासी दुखि रहेको गुनासो छ । वडा अध्यक्षका ससाना कमीकमजोरी काखी च्यापेर बसेका वडाबासी अर्यालले विहिबार रातिको घटना र त्यसमा वडा अध्यक्ष जोडिएको भन्ने सुचनाले झन् दुखी हुन थालेका छन् ।

वडाबासी नै दुखी हुने गरी अर्याल फेरि अर्को कुन घटनामा संलग्न भए, जसका कारण अर्यालको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

घटना के भएको थियो ?
विहिबार रातिलाई इंगित गर्दै अर्यालका जिग्री साथी मानिने, एउटै राजनैतिक आस्था भएका, सोही वडामै बस्ने विजय पोख्रेलले आफ्नो एउटा फोटो समावेश गरेर शुक्रबार एका विहानै फेसबुक पोष्ट लेख । उनले लेखेका थिए, ‘सब गर्नु, वडा नम्बर ८ मा बाबुराम सरसंग कोही नबोल्नु है । बोल्दा यस्तो हुन्छ ।’

यस्तो हुन्छ भन्नुको मतलब उनको मुखको ओठमा चोट लागेको देखिन्छ । माथिल्लो र तल्ला ओँठ सुन्निएको छ । उनले लगाएको सेतो गञ्जीको छातीदेखि मुनिको भागमा रगतको रातो धब्बा छ । उनी निकै पीडित अवस्थामा देखिन्छन् । पोख्रेल राम्रैसं कुटिएको बुझ्न सकिन्छ । एका विहानै विजयले राखेको त्यो पोष्टमा धमाधम प्रतिक्रिया पनि आउन थालेका थिए । तर केहि घण्टापछि त्यो पोष्ट डिलिट भयो ।

अपिटाइम्सले स्कृनसर्ट सुरक्षित राख्दासम्म पोख्रेलको उक्त पोष्टमा २५ जना बढीको प्रतिक्रिया आइसकेको थियो । कमेन्ट पढ्दा अधिकांस कमेन्टसहरु स्थानीयका थिए ।
पोष्टमा क्लियर कुरा नलेखेको हुनाले धेरै जनाले कहाँ कसले के गर्यो ? हामी छौँ चिन्ता नगर भन्ने खालका प्रतिक्रिया दिइरहेका थिए । फेसबुक पोष्टमा वडा पिट्नेको थर नआएको हुनाले धेरै मान्छेले पोख्रेलको कोसंग लफडा परेछ, या कसले कुटे या कुटाकुट नै भयो प्रष्ट हुन नसक्ने स्थिति थियो ।

अन्तिममा थाहा भयो कि, ‘विजयसगं लफडा पर्ने उनै वडाअध्यक्ष बाबुराम अर्याल र उनका साथीहरु रहेछन् ।’ यसपछि अर्यालको चर्को आलोचना भइरहेको छ । घटनाको बारे अहिले धेरैले थाहा पाइसकेको अवस्था छ । पिटिएँ भनेर फेसबुक पोष्ट्याएका पोख्रेलसंग कुरा गर्ने प्रयास भए पनि उनले अपिटाइम्सको फोन उठाएनन् । त्यसपछि घटनाबारे बुझ्न विश्वस्त श्रोतसंग अपिटाइम्स जोडियो । त्यसपछि थप पुष्टि भयो घटनामा त्यो फेसबुक स्टाटस लेख्ने पोख्रेलसंग वडा अध्यक्ष अर्याल लगायतको लफडा परेको रहेछ ।

अपिटाइम्सको प्रश्न पछि विश्वस्त श्रोत भन्छ, ‘होइन त्यस्तो केहि भएको होइन खासै । राति खाए होलान् क्यारे संगै बसेर । एउटो वियर नखाइकन बस्न नसक्ने एउटो वियर खुवाउन नसक्ने । अनि परे होला नि त ।’

श्रोत थप्छ, ‘लाजको मर्नु बेइज्त गर्छन् । दुईवटै मिल्ने क्लासमेट हुन् । धन्य उ हालेनछन् । के अरे काष्ट हालेनछ । कास्ट नहालेपछि को हो, को हो ? भनेका छन् त्याँ कमेन्ट गर्नेहरुले । अहिलेसम्म फोन उठाएको छैन । मैले नि त्यहि भन्छु ।’
यो कसले भन्यो भन्नेबारे अपिटाइम्ससंग प्रमाण सुरक्षित छ ।

फेसबुक पोष्ट लेख्ने पीडित पोख्रेलका अनुसार वडाअध्यक्षसंग सवालजवाफ गर्ने, उनको विरोध गर्ने जो कोही सुरक्षित् छैनन् ।
उनको पोष्टले यहि भन्दछ कि जनप्रतिनिधिको रुपमा रहेका वडा अध्यक्ष अर्यालले यस्तो दादागिरी प्रदर्शन गरिरहेका छन् कि उनको विरुद्धमा बोल्नु हुँदैन र आलोचना पनि गर्न हुँदैन । यदि जोकोहिबाट यस्तो हुन्छ अर्याल आक्रमण गर्नसमेत पछि हट्दैनन् ।

आफ्नो पार्टीको मान्छे र क्लासमेट भएको साथीमाथि त अर्यालले यो ब्यावहार प्रस्तुत गरेका छन् भने बाहिरी र अरु मान्छे भए उनले जे पनि गर्न सक्छन् भन्ने त्रास पनि विहिबार रातिको घटनाले पुष्टि गरेको स्थानीय बताउँछन् ।

घटनाको जड के थियो त्यो पनि उनीहरुबाट थाहा हुन सकेको छैन । पोख्रेलले के कारणले पोष्ट डिलिट गरे त्यो पनि थाहा छैन ।
तर स्थानीयहरुसंग बुझ्दा विजयले त्यो पोष्ट डिलिट गर्नुको पछाडि अनुचित दबाब हुन सक्छ ।

निकै प्रयासपछि घटनाबारे स्वयम् वडा अध्यक्षसंग बुझ्दा भने उनले खासै केहि नभएको र सबै कुरा मिलेको बताए । उनले भने ‘त्यो त्यहाँ हालेको देखेर म पनि विहान गएँ घर । भाइले फलानाले हानेको घन्छन् । तिनलाई सोध्दा कुलोमा लोटेको भट्टीमा लोटेको भन्छन् । मेरो फेसबुकमा बेइज्जत गर्ने । ससुरालीले फोन गरे भनेँ । उनले तपाईको नजिकका मान्छे हुन् भने । उनका पनि नजिकका मान्छे हुन हन । त्यहाँ त्यस्तो केहि होइन । म बीचमा परेको ।’

अर्याल थप्छन्, ‘गर्दागर्दै भयो त्यो । बाहिरतिर उनीहरु त्यो गरेथे । भित्र आउँदा चोट थियो । घर लैजान पनि सहयोग गरेँ । के भयो भन्दा एउटाले फलानोले हान्यो भन्छ । अर्कोले भन्छ कुलोमा लोटेका हुन्, मैले होइन भन्छ । मैले घटना घटाएको होइन उसैलाई सोधे हुन्छ । मेरो नाम बेकारमा जोडिएको हो । उसले गल्ती रेँ दाई भनेको छ । अहिले डिलिट गरिसक्यो । घटना मिलीसक्यो ।’

यता वडा अध्यक्ष अर्यालले इंगित गरेका घटनास्थलमै रहेका ब्यक्तिसंग फोन गरेर बुझ्दा भने उनले आफूले कसैलाई नपिटेको बताए । आफूले पिटेको भनेर कसले भन्यो भन्दै उनले उल्टै प्रतिप्रश्न गरे । घटनामा आफू, वडाअध्यक्ष, विजय र अरु पनि रहेको उनले बताए । बोडगाउँको एउटा होटलमा घटना भएको उनको भनाई छ ।

घटना अहिले सामसुम पारिएको छ । घटनामा संलग्नहरुले आफूहरु र वडाको बेइज्जत हुने भएकाले घटनालाई मोडेर आफूहरुले एकले अर्कालाई केहि नगरेको बताएका छन् । आफूहरु विहानै भेट गरी मिलाएको बताइरहेका छन् । यो विषय मिलिसकेकाले बाहिर नल्याउन पनि उनीहरुको आग्रह छ ।

तर घटना थाहा पाएका स्थानीयले यस्ता घटना लुकाइँदा समाजमा अराजकता मच्चने भन्दै बाहिर ल्याउन दबाब सिर्जना गरेपछि अपिटाइम्सले घटना सार्वजनिक गरेको हो ।

के कारणले झगडाको विउ रोपियो ?

समाचार श्रोत भन्छ, ‘विहिबार राति वडा अध्यक्षसंगै ४ । ५ जना केटाहरु जलपान गर्न एउटा होटलमा बसे । त्यहि बेलामा आपसमा बिभिन्न गफहरु पनि भयो । त्यहि बेलामा विजयले कुराकानी रेकर्ड गर्न खोजे । त्यसपछि हात हालाहालको स्थिति भएछ । कसले कसलाई कुटेको हो त्यो भने थाहा छैन । त्यसपछि उनीहरु रातिराति घरघर पुगेका छन् । विहान विजको हेर्दा वडा अध्यक्षले कुटेको भन्ने बुझिन्छ । खै केके गरेका हुन् ।’

बोडगाउँका एक जनाले भने, ‘हातै हाल्ने खालका त होइनन् वडाअध्यक्ष आफैले कुटे या अरु लगाए या विजय कतै लड्यो त्यो भने थाहा भएन । तर जे भएको हो नराम्रो भयो । यसले वडाबासीको मान मर्दन गरेको छ ।’

जनप्रतिनिधि भएर आचरणमा रहनु पर्ने, खाए पनि गोप्य तरिकाले खानु पर्ने सुझाउँदै बोडगाउँका एक जना बुद्धिजिवीले भन्छन् ‘सार्वजनिक पद धारण गरेका ब्यक्तिले सबैलाई थाहा हुने गरी नराम्रा गतिविधि गर्न भएन । बाबुराम जि आशा गरेको वडा अध्यक्ष हो उहाँको बारेमा यस्तो सुन्दा दुख लाग्दछ । यसमा उहाँले आफूलाई करेक्सन गर्नैपर्दछ । जो पायो त्योसंग साँझमा बस्नु पनि हुँदैन । आज उहाँले मैले होइन भन्नु भएको छ तर जोडियो नाम । उहाँले यसलाई मोड्न पाइँदैन । उहाँको संलग्नता छैन भनेर कसरी विश्वास गर्ने ?’

पोख्रेलसंग पटकपटक संवादको प्रयास भए पनि उनीसंग कुरा हुन सकेन ।