मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतको उत्तराखण्डमा पहिरोः चितवनका ३ जनाको मृत्यु

भारतको उत्तराखण्डमा पहिरोः चितवनका ३ जनाको मृत्यु

अपि टाइम्स

काठमाडौँ । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ।

बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत नेपालीहरूको मृत्यु भएको हो।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी(२ सितलपुरका तुलबहादुर दमै, माडी(१, भङ्गताका कृष्णबहादुर परियार र माडी(५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताए।

उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए। प्रमुख जिल्ला अधिकारी यादवले गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर शव नेपाल ल्याइने बताए।

तर भारतीय समाचार पत्रिका इन्डियन एक्सप्रेसका अनुसार पहिरोमा पुरिएर चार जना नेपालीहरूको मृत्यु भएको हो। तर उनी कहाँका हुन् भन्ने खुलिसकेको छैन। मृतकको नाम चिकु बुरा रहेको उक्त समाचारमा उल्लेख छ।