मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यौपानेले भने ‘एमालेका नेताकार्यकर्ता रक्सी खाएर ढलेको अवस्थामा देखिनु हुन्न’

न्यौपानेले भने ‘एमालेका नेताकार्यकर्ता रक्सी खाएर ढलेको अवस्थामा देखिनु हुन्न’

अपि टाइम्स

कपिलवस्तु, जितपुर । नेकपा एमाले कपिलवस्तुका नेता तथा सांसद गिरीधारीलाल न्यौपानेले नेता कार्यकर्ताहरुलाई आचरणको पाठ पढाएका छन् । पार्टीको जिल्ला इन्चार्जसमेत रहेका न्यौपानेले एमालेका नेताकार्यकर्ता भन्नेवित्तिकै जनताले प्रसंसा गर्ने खालको हुनुपर्ने भन्दै आचरणको पाठ पढाएका हुन् ।

एमाले बाणगंगा नगरपालिका कमिटिको दोश्रो नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै न्यौपानेले भने, ‘म एमालेका सम्पूर्ण नेताकार्यकर्तालाई आग्रह गर्दछु कि हाम्रो आचारण अरुको भन्दा फरक हुनुपर्दछ । हाम्रा नेता कार्यकर्ता कतै रक्सी खाएर ढलेको अवस्थामा देखिनु हुन्न । जुवातासबाट टाढा रहनुपर्दछ । लडाई झगडा गर्नु हुँदैन । यस खालका आचारणमा हामी रहनुपर्दछ ।’
नेता कार्यकर्ता ठिक आचरणमा रहँदा जनतामा विश्वास बढ्ने उनले दावी गरे । जिल्लामै बाणगंगा नगरपालिका हरेक हिसाबले अभिभावक रहेको हुँदा यस नगरले जिल्लाभरका अरु कमिटिमा सन्देश दिनुपर्ने भन्दै उनले सहमतिमा नेतृत्व चयन गर्नु पर्ने बताए ।
अहिले पार्टीमा माओवादी, काँग्रेस, मसाल लगायतबाट पनि मानिसहरु प्रवेश गरेको हुँदा हिजोको कुरा बिर्सेर सबै एकजुट भएर पार्टी बलियो बनाउनु पर्ने उनको तर्क छ । अहिले मुलुकको मुल मियो एमाले भएको भन्दै मुलुकका हरेक समस्या समाधान एमालेबाट मात्रै सम्भव भएको उनको भनाई छ ।

माओवादी शान्ति प्रकृयामा आएपछिको बाँकी कार्यभार ‘टिआरसी विधेयक’ लाई पारित गर्ने काम एमाले नेतृत्वबाटै भएकाले एमाले सबैको अभिभावक रहेको उनले दावी गरे ।

सुरुमा जनयुद्ध मानेरै आएका उनले एमालेमा गएपछि भने माओवादीको जनयुद्धलाई जनयुद्ध भन्नबाट उनी पछि हटेका छन् । शुक्रबार एमालेको अधिवेशनमा पनि उनले माओवादीले भन्ने गरेको जनयुद्ध भन्दै टिआरसी विधेयकको कुरा गरेका थिए ।