मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वमुल्यांकनमा बाणगंगा र विजयनगर जिल्ला प्रथम, कसको अंक कति ?

स्वमुल्यांकनमा बाणगंगा र विजयनगर जिल्ला प्रथम, कसको अंक कति ?

अपि टाइम्स

कपिलवस्तु । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन गुणस्तर परीक्षण २०७९/०८० प्रतिवेदन सार्वजनिक गरेको छ ।

मन्त्रलायले ७४९ स्थानीय तहमा गरेको मूल्याङकनमध्ये गाउँपालिकातर्फ धादिङको बेनिघाट रोराङ गाउँपालिका र नगरपालिकातर्फ भने रुपन्देहीको तिलोत्तमा नेपाल प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

यसैबीच कपिलवस्तुका १० पालिकामध्ये स्वमुल्यांकनमा बाणगंगा नगरपालिका र विजयनगर गाउँपालिका प्रथम भएका छन् । जिल्लाका ६ वटा नगरमा ८४ दशमलव २५ अंक हासिल गरेर बाणगंगा स्वमुलयांकनमा प्रथम भएको हो । नगरपालिकातर्फ बुद्धभूमि ७६ अंक हासिल गरेर दोश्रो हुँदा शिवराजले ७१ अंक प्राप्त गरेको छ । यस्तै कपिलवस्तु नगरपालिकाले ६६ दशमलव ५०, कृष्णनगरले ६५ र महाराजगंजले ६७ दशमलव २५ अंक हासिल गरेका छन् ।

गाउँपालिका तर्फ भने विजयनगर प्रथम भएको छ । ४ वटा गाउँपालिकामध्ये विजयनगरले जिल्लामा धेरै ७५ दशमलव २५ अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले जनाएको छ । गाउँपालिकामध्ये दोश्रो स्थानमा मायादेवीले ६१ दशमलव २५ अंक प्राप्त गरेको छ । यस्तै शुद्धोशनले ५७ दशमलव ७५ अंक पाउँदा पुछारमा रहँदै यशोधराले ५४ दशमलव २५ अंक हासिल गरेको उल्लेख छ ।