मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शाहीलाई अधिकांस युवाको समर्थन, भन्छन् ‘सजिलै चुनाव जित्छु’

शाहीलाई अधिकांस युवाको समर्थन, भन्छन् ‘सजिलै चुनाव जित्छु’

अपि टाइम्स

जितपुर । एमाले बाणगंगा नगरको आगामी ३ बर्षे कार्यकालको लागि हुने चुनावमा अध्यक्षका प्रतिस्पर्धी मदन शाहीले आफूले सजिलै जित्ने दावी गरेका छन् । लामो समय आफू र सिंगो परिवार पार्टीको काम र संगठन विस्तारमा होमिएकाले यसपटक नेताकार्यकर्ताले आफ्नो विवेक नगुमाउने बताउँदै शाहीले आफ्नो जित निश्चित भएको बताएका हुन् ।

विहान १० बजेदेखि हुने चुनावमा डटेर प्रचार प्रसारमा लागेका शाहीले अपिटाइम्ससंग भने, ‘मैले चुनाव जित्नेमा कुनै शंका छैन । यसपटक एमालेका नेता कार्यकर्ताले राम्ररी बुझिसकेका छन् सबैलाई । कसलाई भोट हाल्ने सबै थाहा पाइसकेका छन् । कसैको पछि लाग्छन् भन्नेमा विश्वास छैन ।’

शाहीले बाणगंगामा प्रतिपक्षीसंग डगेर लड्ने नेतृत्व आवश्यक रहेको बताउँदै अधिकांस युवाको समर्थन आफूले पाएको बताए ।
उनी थप्छन् ‘वडावडामा पनि मलाई कुनै डर छैन, हरेक वडाबाट मेरो समर्थनमा युवाहरुको समर्थन छ । ३ र ४ नम्ब्र वडा मेरै हो । अन्य वडामा साथीहरुले बातावरण बनाउनु भएको छ । जित निश्चित छ ।’

सोमनाथ अर्याल आफ्नो सहकर्मी भएकाले उहाँबारे कुनै हलुका टिप्पणी नगर्ने पनि शाहीले बताए । ‘उहाँ चुनावी मैदानमा आउनु राम्रो हो । स्वस्थ प्रतिस्पर्धा हुन्छ । चुनावमा नआएर मलाई सघाएको भए राम्रो हुने थियो, शाहीले भने, तर पनि ठिकै छ ।’

शाही एमालेमा बढेलेखेका ब्यक्तिका रुपमा चिनिन्छन् । अंग्रेजी विषयका शिक्षकसमेत रहेका शाहीमा कुन परिस्थितिमा कसरी चल्ने भन्ने ज्ञान भएको एक जना युवाले बताए ।

‘नम्र हुनु राम्रो हो । तर जहिले पनि नम्र भएर हुँदैन । बाणगंगामा हाम्रो प्रतिस्पर्धी काँग्रेस हो, काँग्रेससंग भीड्न शाहीजस्ता प्रवृत्तिका मान्छेलाई नेतृत्वमा लैजानु पर्दछ । अबका दिनमा बाणगंगा एमालेमय बनाउने हाम्रो मिसन छ, अपिटाइम्ससंग उनले भने । शाहीको पक्षमा मतदान गर्न पनि ती युवा प्रतिनिधिको सबैलाई आग्रह छ ।

नगर अधिवेशनमा २११ प्रतिनिधि सहभागि छन् । शाहीलाई बर्तमान जिल्लाको नेतृत्वको साथ रहेको बताइन्छ ।
शाहीसंग झविलाल पोख्रेल, बाबुराम खनाल लगायतका नेताले झुकाव राख्दा सोमनाथ अर्यालको पक्षमा भने डम्बर शर्मा, गिरीधारीलाल न्यौपाने, वडा अध्यक्ष बाबुराम अर्याल, नगरप्रमुख चक्रपाणी अर्याल लगायतको साथ देखिन्छ ।

जनप्रतिनिधि भएर संगै काम गरेका कारण झुकाव अर्यालसंग भए पनि नगर प्रमुख चक्रपाणी अर्यालले शाहीको पक्षमा रहेको गजेहडाका एक जना युवाले जिकिर गरे । यता अर्याले भने खुलेर कतै पनि लागेको पाइँदैन । दुवै नेता बलियो प्रतिस्पर्धी रहेको हुनाले कसले चुनाव जित्छ यसै भन्न नसकिने नेताहरु बताउँछन् ।