मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

छाडा गीतहरुमाथि झापड लगाउँदै आयो विष्णु माझीको तीज गीत (भिडिओ)

छाडा गीतहरुमाथि झापड लगाउँदै आयो विष्णु माझीको तीज गीत (भिडिओ)

अपि टाइम्स

काठमाडौं । विष्णु माझीको नयाँ तीज गीत बजारमा आएको छ । ‘आइन आमा यो तीजमा’ बोलको तीज गीत शनिबार युट्युवमा सार्वजनिक भएको हो । यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।
यो तीजमा पनि माझीले नयाँ गीत ल्याएकी छन् ।

श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीतमा रहेको यस गीतले युटुभमा पनि ह्वात्तै चर्चा बटुल्न थालेको छ । गीतको भिडियोमा माझीलाई फिचर्ड गरिएको छैन, उनको पाश्र्वगायन मात्र छ ।

यो गीतलाई आशिष अविरलको स्टुडियो रागामा रेकर्ड गरिएको हो । पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् । यसलाई धेरैले छाडा गीतहरुमाथिको झापड भनेका छन् ।