मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साथीको वर्थ डे मनाएर राति ११ बजे घर आएका युवकले आत्महत्या गरेपछि

साथीको वर्थ डे मनाएर राति ११ बजे घर आएका युवकले आत्महत्या गरेपछि

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ मोर्मीको एक घरमा आइतबार विहान एक जना युवक डोरीले पासो लगाएर आत्महत्या गरेको स्थितिमा कोठामा भेटिए । साथीको बर्थ डे बनाएर राति ११ बजे घर आएका २३ बर्षिय आशिष बहादुर रास्कोटीलाई पोछा लगाउने क्रममा आमा विष्णु रास्कोटीले पासो लगाएको अवस्थामा देखेकी थिइन् ।

कोठाको भित्री चुकुल लगाइएको थियो । त्यसपछि आमा विष्णुले आत्तिँदै छोराले पासो लगाएको श्रीमान गंगा बहादुर र छोरा अरुणलाई भनिन् । त्यसपछि छिमेकीलाई पनि भनियो । मानिसको भीँड जम्मा भयो । पछि इलाका प्रहरी कार्यालयको टोली पनि घटनास्थलमा पुग्यो । ढोका खोलेर हेर्दा अजंगको रास्कोटीको शरीर भुँईमा बजारिएको थियो भने शरीरले भित्तामा आड लिएको थियो ।

विदेश जान भनेर ठिक्क अवस्थामा रहेका उनी सधैँ दाजुसंग सुत्ने गर्दथे । तर त्यो दिन भने २५ बर्षिय दाजु अरुण रास्कोटी छतमा सुतका रहेछन् । भाइ आशिष एक्लै कोठामा सुतेका थिए । साथीको वर्थ डे मनाउँदा ढिलो भएपछि मृतक रास्कोटी राति ११ बजे घर आउँदा बुबाले किन ढिलो गरी आएको भनी सामान्य रुपमा केरकार पनि पारेका थिए । त्यसपछि उनी बोल्दै नबोली कोठामा सुत्न गएका परिवारका सदस्यले नै बताएका छन् ।

तर परिवारका सदस्यले यस घटनालाई स्वभाविक रुपमा लिएनन् । एकजना उसको साथी राजन थापा र घुमुवा प्रहरीको कारण बाबुले आत्महत्या गरेको हुन सक्ने भन्दै आमा बुबाले आशिषको शव उठ्न दिएनन् ।
परिवारले छरछिमेकमा हारगुहार गरे । दाजु अरुणले आफ्ना साथीभाइलाई जम्मा गर्न थाले । गर्दागर्दै मोर्मीमा ठुलो भीँड जम्मा हुन थाल्यो ।

इलाका प्रहरी कार्यालय पिपराबाट प्रहरी नीरिक्षक गोपालजंग रायमाझीसहित प्रहरीको टोली, पत्रकारहरु घटनास्थलमा पुगे । तर प्रहरीलाई परिवारले सहज रुपमा कोठाबाट शव उठाउन दिएनन् । घटनास्थलमा पुग्दा २ जना प्रहरी बोडगाउँमा मोटरसाइकल दुर्घटनामा घाइतेसमेत भएका थिए । उनीहरुको अहिले बुटवलमा उपचार भइरहेको छ ।

आशिषका बुबाआमाले आफ्नो छोराको मृत्युको पछाडि अनावश्य टर्चर रहेको भन्दै डाँको छोडेर राइरहेका थिए । त्यस्तैमा रोइ कराइ बढ्न थाल्यो । परिवारले एकोहोरो रुपमा टर्चरका कारण छोराले यो निर्णय गरेको भनी उनीहरुमाथि कारबाही नहुँदासम्म र नीज शंकास्पद ब्यक्तिहरु घटनास्थलसम्म नआउँदासम्म शव उठाउन नदिने अडानमा रहे ।

परिपारको यो ढिपीपछि प्रहरी नीरिक्षक रायमाझीसहितको टोलीले केहि गर्न सकेन । परिवारका सदस्यहरु प्रहरीमाथि गालीगलौजमा उत्रन थाले । भीड असामान्यतर्फ उद्धत थियो । युवाहरु आक्रोशित भइरहेका थिए ।
परिवारको आग्रह बमोजिम जिल्ला प्रहरी कार्यालय तौलिहवाबाट प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलसहितको अनुसन्धान टोली घटनास्थलमा आइपुग्यो ।

पौडेल आएर परिवारको कुरा सुने । पौडेललाई आमाबुबा र दाजुले बताए अनुसार मोटरसाइकल चोरीको घटनाबाट यो अवस्था सिर्जना भएको रहेछ । एक साताअघि कपिलधामबाट एउटा मोटरसाइकल हराएको थियो । उक्त मोटरसाइकल चोरीमा तिनै मृतक आशिष रास्कोटी, उनका साथी राजन थापा र अर्का एक जना संलग्न रहेछन् ।

सिसिटिभी फुटेजमा आशिष देखिएका रहेछन् । प्रहरीले तिनीहरुमाथि अनुसन्धान सुरु गर्यो । पछि जगदिशपुरबाट मोटरसाइकल फेला पार्यो र थप अनुसन्धान अघि बढ्यो । मोटरसाइकल चोरीमा संलग्न भएको देखिएपछि आशिष र संलग्नमाथि आवश्यक सोधपुछ पछि मोटरसाइकल धनीसंग मिलापत्र पनि भयो । च्याप्टर सकिएको थियो ।

मृतकका आमाबुबाले प्रहरी प्रमुख पौडेललाई बताए, ”एकपटक क्लोज भइसकेको विषय फेरि गिजोलिएको छ ।
सोधपुछको क्रममा इलाका प्रहरी कार्यालयमा पुग्दा आशिषले घुमुवा प्रहरी सलामी मगर भनेर चिनिने प्रहरीसंग सम्बन्ध बनाएका रहेछन् । त्यसपछि ती प्रहरी र आशिष फेसबुकमा जोडिएर आपसमा कुराकानी पनि गर्दा रहेछन् । अभिन्न साथी साथी भइसकेको अवस्थामा ती प्रहरीले आशिषमाथि बिभिन्न दबाबको भाषा प्रयोग गरेका आमाबुबाले प्रहरीप्रमुखसंग कुरा सुनाए । मिलापत्र भइसकेको अवस्थामा पनि मोटरसाइकल चोरीको मुद्धा आफूले मिलाईदिएको भन्दै बिभिन्न वस्तुहरुको माग गरेको र माग पुरा नगरिए फेरि मुद्धा मामिलामा जाने र जिन्दगी नै बर्बाद पारिदिनेसम्मका धम्की ती प्रहरीले दिएका छन् । आमा भन्छिन् आफूले मागेका कुरा पुरा नभए पिपरामा चोरीका २० २५ चोरीका केस रहेछन् त्यसमा संलग्न रहेका भनी तैँलाई मुद्धा चलाउँछु ।”

आमा विष्णुले रुँदै थपिन्, ‘मेरो छोरो आशिष सोझो केटो हो । मोटरसाइकल चोरीको नाइके त्यो राजन थापा भन्ने हो । तर मेरो छोरोमाथि यसरी दबाब बढाइयो । सिसिटिभी फुटेजमा मेरो बाबु देखिएपछि ल चोर नै भयो । ठिकै छ । तर प्रहरीले बुझ्नुपर्ने त्यो राजन थापा मुख्य चोर हो । उसंग पौडी खेल्न जाँदा मेरो छोरो फस्यो । मिलापत्र गरेपछि पनि सलामी भन्नेले मेरो छोरोमाथि अनावश्यक दबाब किन दियो ? कहिले भवनको लागि सिमन्ट माग्यो, कहिले के ? कहिले बदेलको मासु माग्यो । उसले मागेका कुरा नगरिदिएको खण्डमा जिन्दगी नै बर्बाद पारिदिन, मुद्धा चलाइदिनेसम्म धम्की दिएको मेरै कानले सुनेको छ । यिनै टर्चर थेग्न नसकेर मेरो छोराले आत्म हत्या गरेको हो । त्यो सलामीलाई यहाँ ल्याएर जवाफ नदिलाइएसम्म शव उठाउन दिँदै दिन्नँ । उनीहरुमाथि कारबाही हुनुपर्दछ ।’

आमा भन्छिन् ‘त्यो दिन त्यो राजन भन्नेले घोँगी घान बोलाएपछि मेरो बाबु निस्किएको थियो । मेसेञ्जरमार्फत् सबै कुरा मजाकमा भनेको पनि ती प्रहरीले छोरासंग भनेका बाबुले सुनाए ।

बुबा र दाजु अरुणले पनि आशिषको मृत्युको कारण तिनै दुई जना रहेको बताएका छन् । परिवारका यी सबै कुरा सुनेपछि प्रहरी प्रमुख पौडेलले घटनाप्रति दुख ब्यक्त गर्दै ती प्रहरीमाथि छानविन समिति बनाएर अनुसन्धान गर्ने र विभागिय कारबाही गर्ने वचन दिए ।
आफूहरु जनताको सेवक भएकाले प्रहरी दोषी देखिए कुनै हालतमा नछाड्ने उनले बताए । पौडेलको यो वचनले पनि एकैछिन काम गरेन । उनीहरुको एकोहोरो माग थियो, ‘त्यो सलामी भन्ने खोई ? यहाँ झिकाउनु पर्यो ।’

एकैछिनमा एक हुल युवाहरु जम्मा पनि घटनास्थलमा थपिए । आक्रोशित भएका उनीहरु आक्रमणमा पनि उत्रन थालेका थिए । नारावाजी हुन थालेको थियो । केहि महिला प्रहरीमाथि नै हात हाल्न उद्धत थिए । भीँड असामान्य बनिरहेको थियो । त्यहाँका जनप्रतिनिधि र गन्यमान्य भद्रभलाद्मीले जति सम्झाउने प्रयास गरे पनि परिवार थामिएको थिएन । युवा र केहि महिलाहरु झन् आक्रोशित भइरहेका थिए । त्यसपछि प्रहरी प्रमुख पौडेलले सलामीमाथि आजै कारबाही गरिएको, पिपराबाट तानिएको, उसलाई तत्काल निलम्बन गरी अनुसन्धान हुने विश्वास दिलाए ।

अझै पनि सलामीलाई जनताअघि उभ्याउन उनीहरुको माग थियो, प्रहरी प्रमुख पौडेलले, ‘उनलाई यहाँ झिकाउन नसकिने, इलाका प्रहरी कार्यालयमा दुईचार जना आउनुस् तपाईकै अघि सोधपुछ गर्छु । ल हिँड्नुस् । म यहाँ आएर यति बोलेपछि त विश्वास गर्नुस । सलामीमाथि कारबाही हुन्छ’, भनेर फेरि वचन दिए ।

मिडियाकर्मीले पनि कुनै सामाग्री सम्पादन नगरी जस्ताकोतस्तै प्रसारण गर्नुपर्ने उनीहरुले बताए । मिडियाकर्मीको त्यो आश्वासनपछि परिवार र युवाहरु सहमतिमा आए र दिउसो बल्ल शव उठाउने काम भयो । पिपरा अस्पतालमा पोष्टमार्टमको प्रकृयापछि आइतबार साँझ शवको अन्त्येष्टि गरिएको छ ।परिवार र स्थानीयले घटना लुकाउन खोजिए र ती दुई जनामाथि कारबाही नभए फेरि आन्दोलन गर्ने बताएका छन् ।

तर प्रहरीले भने सलामीकै कारणले आत्महत्या भएको भन्ने कुरालाई विश्वास गर्न नसकिने बताउँछ । प्रहरी प्रमुख भन्छन्, ‘अहिले घुमुवा प्रहरी राख्ने नीति छैन । कतै छन् भने अब हटाइन्छ । पिपरामा अब घुमुवाहरु हुनेछैनन् । घुमुवाले ती नगरेको होला भन्न सकिन्न, ल गरे होला । मर्न बाध्य गराउने यस्ता कुराहरु हुँदैनन् सबैले बुझ्नुपर्दछ ।’

प्रहरीका अनुसार, ‘साथीको वर्थ डे मनाएर राति ११ बजे घर आउँदा मृतकले मदिरा सेवन गरी आएका सुनिएको छ । उनले त्यहाँ केके खाए ? बुबाले पनि अलिकति गाली गरेको देखिन्छ । मृतकको गर्लफ्रेण्ड पनि थिइन् भन्ने सुनेका छौँ । ऊ धेरै मदिरा खाने केटो हो भन्ने पनि सुनेका छौँ । अब उसको फोन कल, म्यासेज सबै चेक जाँच हुन्छ । राजन थापाको पनि नाम आएको छ । सबैमाथि अनुसन्धान गछौँ । दोषी जो भए पनि शुन्य सहनशिल भएर कारबाही गर्दछौँ ।’

पिपराका प्रहरी नीरिक्षक गोपाल रायमाझीले आफूहरुले अनावश्यक टर्चर दिएको कुरा सत्य नभएको बताए । उनीहरु दुवै साथीसाथी थिए । नीजि कुराहरु केके गरे थाहा भएन । ‘सिमेन्ट मागेको, बदेलको मासु मागेको कुराहरु पनि सत्य होइनन् । नीजि सलामीकै कारण नगरमा लागु पदार्थ दुव्र्यसनमा ठुलो नतिजा हासिल गरेका छौँ । अपराध नियन्त्रणमा सादा पोशाकका प्रहरीको धेरै ठुलो भूमिका छ’, रायमाझीको भनाई छ ।

‘यदि जति काम गरेको भए पनि सलामीबाट बिभिन्न कुराहरु माग भएको र टर्चर दिएको पुष्टि भए उसमाथि कानुन अनुसार कारबाही हुन्छ, जोगाउनु पर्ने कुनै कारण छैन उनले भने, ‘ल छड, सिमेन्ट पनि माग्यो अरे सलामीले । प्रहरी कार्यालय पनि जनताको सम्पत्ति हो । तर त्यो माग्यो भन्दैमा मर्ने कारण हुन्छ त ? यो संयोग भएको हुनसक्छ,आशिषले आत्महत्या गर्नुका पछाडी अरु कारण नै छन् । सबै विषयमाथि गहिरो अनुसन्धान हुन्छ । कसैलाई अन्यायमा पारिँदैन ।’

सरुवाको दिन कुरेर बसेका रायमाझीले छड, सिमेन्ट माग्नु पर्ने कारण नै नरहेको बताए । घटनास्थल पुगेका वडाअध्यक्षद्धय विष्णु गिरी, विष्णु पौडेल, वडा सदस्य शैलेन्द्र बेलबासे, समाजसेवीहरु रविराज आचार्य, नेत्र गिरी, हुमानाथ पौडेल, टंक रेग्मी लगायतले घटनाको छानबिन गरी दोषीमाथि निष्पक्ष भएर कारबाहीको माग गरेका छन् ।

प्रहरी प्रमुखसंग स्थानीयले घुमुवा प्रहरी समस्या बन्दै गइरहेको सुनाएका थिए । युवाहरुले आफूहरुमाथि पनि यस्ता षडयन्त्र हुन सक्ने र फसिन सक्ने भन्दै यदि टर्चर दिएको कुरा सत्य भए कडा कारबाही गर्न पौडेलसंग आग्रह गरेका छन् । सबैको कुरा सुनेको प्रहरीले कसैमाथि अन्याय हुन नदिने बताएको छ ।