मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउमा फेरि नयाँ रेकर्डः पुग्यो तोलाको एक लाख ५३ हजार बढी

सुनको भाउमा फेरि नयाँ रेकर्डः पुग्यो तोलाको एक लाख ५३ हजार बढी

अपि टाइम्स

काठमाण्डौ । सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ ५ गते सुनको भाउ एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको भाउमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ ।