मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उद्योगमा कार्यरत शिवराजका महिलाले अब यातायातमा ७० प्रतिशत छुट पाउने

उद्योगमा कार्यरत शिवराजका महिलाले अब यातायातमा ७० प्रतिशत छुट पाउने

अपि टाइम्स

जितपुर । कपिलवस्तुको शिवराज नगरपालिकामा बिभिन्न उद्योगहरुमा काम गर्ने महिला तथा कर्मचारीहरुलाई यातायात भाडामा ७० प्रतिशतसम्म छुट दिइने भएको छ । नगर प्रमुख अजय थापा र यातायत ब्यवसायीबीच भएको लामो छलफलपश्चात यस्तो निर्णय भएको हो ।

शिवराज नगरपालिका घर भएर नगरभित्र जहाँजहाँ कार्यरत भएको भए पनि आवतजावत गर्दा परिचय पत्रको आधारमा उक्त छुट दिइने नगर प्रमुख अजय थापाले बताए ।

उनका अनुसार कृष्णनगर यातायात प्राली, बुटवल यातायात प्राली, पश्चिमाञ्चल वस ब्यवसाय प्राली र सजिलो यातायत प्रालीसंग भाडा छुट दिने विषयमा सहमति भएको छ । सहमति बमोजिम अब परिचय पत्र वितरणको कार्य अघि बढ्ने थापाले बताए ।

बिभिन्न उद्योगमा कम गर्ने महिलाको समस्यालाई मध्यनजर गर्दै नगरले गरेको यो निर्णयपछि सयौँ महिला कामदार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

नगरले महिला दिदीबहिनीको लागि आगामी दिनमा अरु थुप्रै यस्ता योजनाहरु अघि सार्ने मेयर थापाले जानकारी दिए ।