मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ फुटबल रंगशाला बनाउन एन्फाद्धारा २२ लाख डलर विनियोजन

नयाँ फुटबल रंगशाला बनाउन एन्फाद्धारा २२ लाख डलर विनियोजन

अपि टाइम्स

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर्राष्ट्रिय मापदण्डको नयाँ रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ।

भदौ ११ देखि १३ गतेसम्म बसेको एन्फाको कार्यसमिति बैठकले २५ देखि ४० हजार दर्शक क्षमता भएको सुविधासम्पन्न, आधुनिक र अन्तर्राष्ट्रिय मापदण्ड सहितको फुटबल रंगशाला निर्माण गर्न २२ लाख अमेरिकी डलर विनियोजन गरेको हो।

रंगाशाला निर्माणार्थ जग्गा प्राप्तिका लागि सरकारसँग समन्वय गर्ने संघका उपाध्यक्ष दीपक खतिवडाको संयोजकत्वमा उपाध्यक्ष दावा लामा र कार्यसमिति सदस्य मनिष जोशी सदस्य रहने गरी तीन सदस्य समिति गठन गर्ने पनि एन्फाले निर्णय गरेको छ।

साथै दशरथ रंगशाला संघबाटै रेखदेख, संरक्षण, मर्मत तथा परिचालनका लागि नेपाल सरकार युवा तथा खेलकुद मन्त्री र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई माग गर्ने निर्णय भएको छ।

दशरथ रंगशालाको मैदान मर्मतको लागि ३ लाख अमेरिकी डलर विनियोजन गरिएको छ।