मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा नम्बर ८ मा आज नव प्रभाव वनको तीज गीत प्रतियोगिता

वडा नम्बर ८ मा आज नव प्रभाव वनको तीज गीत प्रतियोगिता

अपि टाइम्स

जितपुर । नव प्रभात सामुदायिक वन उपभोक्ता समुह बाणगंगा ८ कपिलवस्तुले आज तीज गीत प्रतियोगिता आयोजना गरेको छ । हरितालिका तिजको अवसरमा समुहभित्र प्रतिनिधित्व हुने गरि टोल स्तरिय प्रतियोगिता राखिएको हो । वनका अध्यक्ष डिल्लीराज रेग्मीका अनुसार समूहको घाटगद्धि स्थल बन्डौलिमा कार्यक्रम हुने छ ।

प्रतियोगितामा बिभिन्न टोलबाट उत्साहजनक सहभागिता रहेको वनका उपाध्यक्ष मित्रलाल कँडेलले बताए । कार्यक्रम संयोजक सिता भुसाल पाण्डेका अनुसार प्रतियोगितमा प्रथम हुनेले नगद ८ हजार, द्धितीयले ६ हजार ४ सय, तृतीयले ४ हजार ८ सय र सान्त्वना हुनेले ३ हजार २ सय सहित प्रमाण पत्र हासिल गर्नेछन् । हरेक टिमले सम्मान स्वरुप १ हजार र प्रमाण पत्र पाउने संयोजक पाण्डेले बताइन् ।

सहभागि टिमले १२ मिनेटको अवधिमा वन, वातावरण,जैविक विविधता, वन संरक्षण, वन व्यवस्थापन, सामाजिक विकास गरिवि निवाकरण महिला सशक्तिकरण स्थानिय सरकार संगको समन्वय जस्ता विषय समेटेर गीतसंगित प्रस्तुत गर्नु पर्ने छ ।