मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु

अपि टाइम्स

काठमाण्डौँ । रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। यस्तै, पाँच जना घाइते भएर उतै उपचाररत छन् भने रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपालीलाई युक्रेनी सेनाले बन्धक बनाएर राखेको मन्त्रालयले जनाएको हो ।

मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षण गर्न पठाइएको छ। रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन्। अझै ३२३ जनालाई उद्धारको माग गर्दै परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ। यस्तै, ११६ जना सम्पर्कमै नरहेको भनी उद्धारका लागि उनीहरूका परिवारले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्।

“पछिल्लो अवस्था के छ सबै भेरिफाइ गरेर भन्नुपर्ने हुन्छ, मृत्यु पुष्टि गर्नको लागि डीएनए पठाएका थियौँ, त्यसको अपडेट हुन बाँकी छ। यो संख्यामा तलमाथि हुनसक्ला। उद्धारको लागि निवेदन आउने क्रम पनि जारी नै छ,” मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले भने।

‘रुसी सेनामा आवद्ध नेपालीको जीवनार्थ अभियान’ की संयोजक कृतु भण्डारी ६१ भन्दा धेरै नेपालीको मृत्यु भइसकेको बताउँछिन्। “मृत्यु भएका ६१ जनाकै परिवारसँग हामीले सम्पर्क गरेका छौँ, यो संख्या अझै धेरै हुनसक्छ,” उनले भनिन्।