मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नव प्रभात वनको तीजः दरको रुपमा टपरीमा खीर र नाचगान प्रतियोगिता

नव प्रभात वनको तीजः दरको रुपमा टपरीमा खीर र नाचगान प्रतियोगिता

अपि टाइम्स

जितपुर । तीजको अवसरमा दर खाने संस्कृतिमा देखिरहेको भड्किलोपनलाई छोडेर कपिलवस्तुको एक वनले सन्देशमुलक तरिकाले तीज पर्व मनाउने काम गरेको छ । वडा नम्बर ८ बोडगाउँ कार्यालय रहेको नव प्रभात सामुदायिव वन उपभोक्ता समुहले सन्देशमुलक तीज गीत प्रतियोगितासंगै सरल तरिकाले दर खाएर हरितालिका तीज मनाएको हो ।

तीज गीत प्रतियोगितामा समुहभित्र प्रतिनिधित्व हुने गरि ९ वटा टोल स्तरिय टोलीले भाग लिएका थिए । जसमा टोल नम्बर ५ ‘क’ प्रथम, टोल नम्बर ४ ‘ख’ द्धितीय, टोल नम्ब्र ५ ‘ख’ तृतीय र टोल नम्बर ‘१’ ले सान्तवना स्थान हासिल गरेका छन् ।

उनीहरुलाई क्रमशः नगद ८ हजार, द्धितीयले हजार ४ सय, ४ हजार ८ सय र ३ हजार २ सय सहित प्रमाण पत्रले सम्मान गरिएको थियो भने सहभागिता जनाएका हरेक टिमले १ हजारसहित प्रमाण पत्र पाएका प्रतियोगिता संयोजक सिता पाण्डेले बताइन् । केहि समुहले भने निर्णयक मण्डलको निर्णयमा असन्तुष्टि जनाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कर्यालय कपिलवस्तुका सिनियर डिभिजनल वन अधिकृत अजित कुमार कर्णले वनले गरेका कामहरु निकै राम्रा रहेको भन्दै सन्देश मुलक तीजगीत कार्यक्रम गरेर प्रतियोगितामार्फत् वन जोगाउने कार्यमा टेवा दिएको बताए ।

तीजगीत प्रतियोगितासंगै वनले साधरण तवरले दरखाने कार्यक्रम पनि सम्पन्न गरेको छ । मासु, मदिरा, पुलाउ आदिका परिकार राखेर खीर खाने संस्कारको बीच वनले तीजमा पकाइने खीर र अचार पकाएर खुवाएको थियो । खीर पनि टपरीमै पस्केर खुवाइएको थियो ।

वनका अध्यक्ष डिल्लीराज रेग्मीले तीजमा दर खाने कामलाई निकै भड्किलो बनाइएकोमा नयाँ सन्देश छर्न खीर पकाएर दुनामा खुवाइएको बताए । वनबाट नै निकालिएका पातलाई गाँसेर स्थानीयले नै टपरी बनाएका उनले बताए ।

वनका उपाध्यक्ष मित्रलाल कँडेलले आफूहरुले तीज गीतमा पनि वन संरक्षण, जैविक विविधता, स्थानीय सरकार र वनको सम्बन्ध र वनले गरेका कार्यहरु समेटेर गीतसंगित बनाउन अनुरोध गरेकाले निकै सन्देशमुलक गीतहरु सुन्न पाइएको बताए ।

तीजको दर टपरीमा खीर भन्दै कार्यक्रममा सहभागि भएका अतिथिहरुले पनि प्रसंसा गरेका थिए । वनका सल्लाहाकारद्धय हुमनाथ पौडेल र नारायण भुसालले पनि वनको तीज मनाउने कार्यक्रम निकै सन्देशमुलक भएको बताए । कार्यक्रमको संचालन सचिव सिता पाण्डेले गरेकी थिइन् भने स्वागत मन्तव्य उपाध्यक्ष मित्रलाल कँडेलले गरेका थिए ।

यस्तै प्रतियोगिताका निर्णायक संयोजक पुर्णचन्द्र परियार, पत्रकार चन्द्रकान्त न्यौपाने लगायतले प्रस्तुति दिएका थिए । कार्यक्रममा वन मातहतका सयौँ उपभोक्ताको सहभागिता थियो ।