मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीजको अवसरमा उपप्रमुख रिता चौधरीद्धारा शुभकामना ब्यक्त

तीजको अवसरमा उपप्रमुख रिता चौधरीद्धारा शुभकामना ब्यक्त

अपि टाइम्स

कपिलवस्तु । बाणगंगा नगरपालिकाको उपप्रमुख रिता चौधरीले हिन्दू नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेकी छन् ।

अपिटाइम्समार्फत् उपप्रमुख चौधरीले त्याग, समर्पण, प्रेम, साधनाको विशेष पर्वको अवसरमा मुलुकभरका सम्पूर्ण महिलाहरुलाई शुभकामना दिएकी हुन् ।

तीजलाई सम्भ र भव्य रुपमा मनाउन आग्रह गर्दै धेरै भड्काउ नगर्न उनको सुझाव छ ।

हरेक बर्ष नगरपालिकाले लक्षित वर्गका कार्यक्रम मार्फत् महिला दिदीबहिनीहरुको हक अधिकारको लागि काम गरिरहेको भन्दै तीज पर्वले महिलाहरुमा रहेको मातृशक्तिलाई अझै बलियो बनाउने आफूले आशा राखेको उनले बताइन् ।

महिलाहरुले बर्षमा एक पटक चाड बनाउन रेष्टुरेन्ट गरिरहँदा कतिपयले आलोचना गरेको सुनेको भन्दै त्यसलाई अन्यथा लिन नहुने उनको भनाई छ । तर दर खाने निहुँमा जथाभावी गर्न नहुने भन्दै अनुशाषित भएर जहाँ दर खाए पनि सकारात्मक रुपमा लिनुपर्ने चौधरीले बताइन् ।