मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

फ्रान्सको प्रधानमन्त्रीमा मिसेल बार्नियर मनोनीत

अपि टाइम्स

तस्बिरः रोयटर्स
एजेन्सी । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँनले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका हुन् ।

फ्रान्समा गएको जुलाईमा भएको चुनावबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन । युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन अर्थात् (ब्रेक्जिट
( का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लैजान सक्ने नेताका रूपमा विश्वाससहित राष्ट्रपति म्याक्रोँनले मनोनीत गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

बार्नियर दक्षिणपन्थी रिपबल्किन्स पार्टीका वरिष्ठ नेता मानिन्छन् । उनले फ्रान्स र ईयू दुवै ठाउँमा वरिष्ठ पदमा रहेर काम गरिसकेका छन् ।

गएको जुलाई १६ तारिखमा म्याक्रोँनले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गरेका थिए ।