मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नियन्त्रणबाहिर वडाअध्यक्ष पौडेलः बाणगंगा नगरकै बोझ, खोसिँदै नगरप्रवक्ता !

नियन्त्रणबाहिर वडाअध्यक्ष पौडेलः बाणगंगा नगरकै बोझ, खोसिँदै नगरप्रवक्ता !

अपि टाइम्स

चन्द्रकान्त न्यौपाने, जितपुर ।

एउटा सार्वजनिक पद धारण गरेपछि मान्छेको आचरण शिष्ट, सभ्य, अनुकरणीय हुनुपर्ने हो । तर कपिलवस्तुको एक पालिकामा नगरप्रवक्ताको जिम्मेवारीसमेत पाएका वडा अध्यक्षलाई यो सिद्धान्तले कुनै काम गर्दैन । उनले सार्वजनिक पदको दुरुपयोग गर्दै समग्र नगरको नै बदनाम गर्न उद्धत रहेको खुलेको छ भने उनका गतिविधिबाट पार्टीले पनि हैरानी खेप्न थालेको छ ।

ती वडाअध्यक्षको नाम हो विष्णु पौडेल । विसं २०७८ सालको स्थानीय तहको निर्वाचनमार्फत् उनी बाणगंगा नगरपालिकाको वडा नम्बर २ मा नेकपा एमालेबाट दोश्रोपटक निर्वाचित भएका थिए । राजनीति र समाज बुझेका भनिएका तिनै वडा अध्यक्ष पौडेलले आजभोलि आफ्नो पदको कुनै गरिमा नराखी दुरुपयोग गरेको गुनासो ब्याप्त छ ।

समाजका जनताका सुखदुखमा हरदम रहने, सरल स्वभाव, वक्तव्यबाजी गर्न माहिर, राजनैतिक चेत र क्षमता भए तापनि पौडेल एउटै खराब गुणले पतित हुन थालेका छन् । एकपटक होइन पटकपटक त्यस्तो बानी दोहोरिरहँदा पौडेल चौतर्फी आलोचना खेप्न बाध्य देखिन्छन् । त्यो भनेको लिमिटेसनभन्दा बढी जथाभावी मदिरा सेवन र त्यसको नशामा जथाभावि बोल्नु ।

समाचार श्रोत अनुसार अघिल्लो हप्ता त पौडेलले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तीराम मरासिनी, उपमेयर रिता थारु, नगर प्रमुखका स्वकीय सचिव ध्रुव बेलबासे लगायतमाथि जथाभावि बोलेर हुर्मत लिने काम गरेका थिए ।
त्यसपछि केहिदिन अघि मनकामना सामुदायिक वन उपभोक्ता समुह नन्दनगरमा वडाको आयोजनामा एउटा शुभकामना आदानप्रदान र दर खाने कार्यक्रम आयोजना गरे उनैले ।

तर आफै आयोजक रहेको त्यो कार्यक्रममा पनि उनै पौडेल लामो समय रहन सकेनन् । मदिरा सेवन गरेर कार्यक्रममै गएका उनी एकैछिन् पछि निस्केको बताइएको छ । वडाको त्यो कार्यक्रमपछि उनी ठिक अवस्थामा नरहेको बताइएको छ । मदिराकै तालमा रहेर पौडेल वडाको कार्यालय नगएको पनि ४ ५ दिन हुन थालेको एकजना जिम्मेवार ब्यक्तिले बताएका छन् ।
उक्त ब्यक्तिको सुचना अनुसार नगर प्रमुख चक्रपाणी अर्याल र प्रमुख प्रशासकीय अधिकृत, कर्मचारी र अरु जनप्रतिनिधि पौडेलको गतिविधिका कारण दिक्क छन् ।

अति भए पछि यहि हप्ता नै नगरप्रमुख अर्याल र मरासिनीले नगर प्रहरी लगाएर पौडेललाई नगरमा झिकाउने प्रयास गरेको बताइएको छ । पौडेलसंग गम्भीर कुराकानी गर्न भन्दै अर्यालले नगर प्रहरीलाई घरमै पठाएको समाचार श्रोत बताउँछ । पौडेलको घरमा प्रहरी पुगेपछि पनि पौडेलल खेततिर भागेका उक्त ब्यक्तिले बताए ।
विहिबारसम्म उनलाई नगर प्रहरीकै सहायतामा प्रमुख प्रशासकीय अधिकृत मरासिनीको कोठामा राखिएको थियो ।
उक्त समाचार श्रोतका अनुसार यति गर्दा पनि नगरप्रवक्ता उनले आफ्नो दादागिरी प्रस्तुत गर्न छाडेका छैनन् । कहाँसम्म भने नगर प्रहरीलाई नै मदिरा ल्याउन पटकपटक भनेका छन् । नगरप्रवक्ताबाट यस्तो खाले हर्कत हुन थालेपछि नगर प्रहरी पनि दिक्क हुन थालेका बताइन्छ ।
सामान्य कार्यक्रममा रक्सी खाएर हाजिर हुनु पौडेलको लागि सामान्य होइन, उनले यसअघि नगर सभामै मदिरा सेवन गरेर लरबराउँदै भाषण गरेको उदाहरण छ । त्यतिखेर वडा अध्यक्ष रहेका सोमनाथ अर्याल लगायतको टोलीले घरबाटै बोकेर नगर सभामा हाजिर गराएका थिए ।

पौडेलले अत्यधिक रक्सी खाएर जथाभावी गर्ने गरेको, अस्ति वडाको दर खाने कार्यक्रममा वडाअध्यक्ष पौडेलले रक्सी खाएको कुरा प्रमुख प्रशासकीय भक्तीराम मरासिनीले नै पुष्टि गरे ।
जथाभावी मदिरा सेवन गरेर पौडेलले तपाईमाथि जथाभावि बोलेछन् नि भन्ने अपिटाइम्सको प्रश्नमा उनले भने,’मलाई रक्सी खाएर आजभोलि गाली गरेका छैनन् । अस्ति शनिबार खाएचन् कि कुन्नि । त्यस्तै एउटा कार्यक्रम राखेका थिए त्यो । वडाको कार्यक्रममा त्यहि रैचकि कुन्नि । अहिले त्यस्तो त छैन । खाने मान्छेले खान्छन् । मलाई गाली गरेको सुनेको छैन । नचाहिने कुरा गर्न हुन्न । मलाई खाए पनि गाली गर्दैनन् ।’

उनले थपे, ‘अहिलेको कुरा होइन गाली गरेका, बाईबाई हुने गरी कसैले खान भएन । पदको सदुपयोग गर्नुपर्यो । दुरुपयोग गर्न भएन । कत्थेर त मैले एकचोटी नियन्त्रणमा लिएको हुम् किन ढाँट्ने ? यसअघि नियन्त्रणमा लिएर हस्पिटलमा लगेर, सलानी चढाएर इन्जेक्सन लगाएर ठिक पार्देको हुम् ।’

उनले फेरि थपे, ‘मलाई मेरो अघि आएर गाली गरेका छैनन् । हिजो आज त्यस्तो छैन । अल्लि पहिलेको हो । कसैले त्यसै भनेका होलान् । अस्ति त्यो वडाको कार्यक्रममा केके भएको भन्ने मैले पनि सुनेको थिएँ ।’
मरासिनीले नगर प्रमुखको भाषा बोल्ने नगरप्रवक्ताको यो शैली भने ठिक नभएको बताए । आफूले यस्ता ब्यक्तिलाई प्रवक्ताबाट हटाउने भनेर कार्यपालिका वैठक, नगर प्रमुखसमक्ष प्रस्ताव राखेको पनि उनले अपिटाइम्सलाई बताए । नगरप्रवक्ताबाट यस्तो भएपछि दिक्क लागेको उनको भनाई छ ।

नगर उपप्रमुख रिता कुमारी चौधरीले पनि पौडेलले आफूलाई गाली गरेको कुरा सत्य नभएको बताइन् । तर उनले पौडेलको गतिविधिले अरु जनप्रतिनिधिको पनि बदनाम हुन थालेको स्विकार गरिन् । पौडेलको यस्तो गतिविधि पटकपटक दोहोरिरहेपछि नगरप्रवक्ताको जिम्मेवारी खोस्नेसम्मको छलफल भएको उनको भनाई छ ।
। नगरप्रवक्ताले नगरको नै बदनाम गर्न थालेपछि वडा अध्यक्ष भन्न आफूलाई नै लाज लाग्ने स्थिति बनेको एक जना वडा अध्यक्षले सुनाए ।
मदिरा सेवन गरेर जथाभावी गर्न थालेपछि करिब ६ महिना अघि पौडेलको प्रवक्ता तथा सुचना अधिकारीको जिम्मेवारी डेढ महिना खोसिएको थियो । उप्रान्त यसो नगर्ने कसम खाँदै माफी मागेपछि पौडेलले नगरप्रवक्ताको नेमप्लेट पाएको समाचार श्रोत बताउँछ ।

पौैडेलको गतिविधिले दिक्क भएपछि एमालेकै जनप्रतिनिधि र नेताहरुबाट नगरप्रवक्ता पोष्ट खोस्नुपर्ने दबाब नेतृत्वमा आएको थियो । तर त्यतिखेर पार्टीका अध्यक्ष रहेका डम्बर शर्माले पौडेलको पद खोस्दा पार्टी, नेता र जनप्रतिनिधिको बदनाम हुन्छ, एकपटक चान्स देऔँ भनेपछि पौडेलको नगरप्रवक्ताको पद जोगिएको थियो ।

पौडेलको कदमबाट नगरप्रमुख चक्र अर्याल पनि दिक्क रहेका समाचार छन् । प्रमुख अर्यालले पटकपटक सुध्रन आग्रह गरेपछि अटेर गरेका कारण अब नगरप्रमुख पनि कठोर कदम चाल्ने तयारीमा रहेको समाचार छ । नगरमा पनि धेरैले नगरप्रवक्ताबाट हटाउन नगरप्रमुखमाथि दबाब बढाएको बताइन्छ ।
रक्सी खाएरै सार्वजनिक काममा हाजिर हुने, कपडा फालेर हिँड्ने, मदिरा खाएर जहाँ पनि लडेको अवस्थामा भेटिने, गाडीमा राखेर घर लैजानुपर्ने लगायतका गतिविधि नगरप्रवक्ताबाट भएपछि नगरको बदनाम हुन थालेको उनलाई चिन्ने ब्यक्तिहरुले पनि बताउँछन् ।

यस विषयमा उनै पौडेलसंग कुराकानी गर्दा उनले बाहिर आएका कुरा सत्य नभएको बताए । हाकिम, उपप्रमुखलाई कहिल्यै गाली नगरेको बताउँदै ध्रुव बेलबासेसंग त कुराकानी नभएको नै धेरै समय भएको बताए ।
नगर प्रहरी लगाएर नियन्त्रण गर्ने स्थितिमा पुग्नु भयो रे नि ? भन्ने प्रश्नमा उनले भने, ‘तपाईलाई विश्वास लाग्दछ विष्णुले यस्तो गर्यो भन्ने । म के जथाभावी यस्तो गर्छु भन्ने विश्वास लाग्दछ तपाईलाई ? नजिकबाट नियाल्दा पनि हुन्छ मलाई ।’उनले आफू अहिले गजेहडा एउटा कार्यक्रममा रहेको बताएपछि धेरै कुरा हुन पाएन ।
उनले यसो भनिरहँदा उनी शान्त र भावुक थिए । यसबाट आफूले गल्ती गरेको आसय उनको अभिब्यक्तिबाट बुझ्न सकिन्छ ।

पौडेलको कारण पार्टीका नेताहरु पनि दिक्क छन् । एमाले वडा नम्बर २ का इन्चार्ज मुक्त बहादुर कार्कीले पनि पौडेलका गतिविधिले कोही सन्तुष्ट नभएको बताए । एकजना ब्यक्तिको आचरणका कारण आफूहरुजस्ता नेतालाई समते असर पर्न थालेको उनको भनाई छ । उनका गतिविधिबारे सम्बन्धित निकाय नगरपालिका, पार्टीको वडा र नगरकमिमिटीमा जानकारी गराईसकेको उनले जानकारी दिए ।
जुन वाचा गरेर पौडेल निर्वाचित भएका थिए त्यो अनुसार हुन नसकेको जनगुनासो आफूले सुनिरहेको कार्कीले बताए ।
यता एमाले नगरकमिटी पनि पौडेलको गतिविधिका कारण दिक्क छ । पटकपटक सुध्रन आग्रह गरे पनि नगरप्रवक्ता पौडेल नसुध्रिए पछि अब सहन नसक्ने स्थितिमा पार्टी रहेको बताइन्छ ।

यस विषयमा एमाले बाणगंगा नगर कमिटि अध्यक्ष सोमनाथ अर्यालसंग बुझ्दा पनि उनले नगर प्रवक्ताको विषयमा पार्टी गम्भीर रहेको बताए ।
उनले भने, ‘अरु बेला ठिक खाएको बेलामा बेताल र वेठिक रहेको कुरा सबैलाई थाहा छ । उहाँले एकपटक होइन पटकपटक यस्तो ब्यावहार दोहोर्याइरहनुभएको छ । ब्यक्तिगत रुपमा मैले पटकपटक सम्झाउने, घर लैजाने, छोड्ने गरेको छुु । आजभोलिका विषयमा पनि धेरै कुराहरु आएका छन् । उहाँको गतिविधिले पार्टी र नगरको बदनाम हुन थालेपछि दुखि छौँ ।’
उनले थपे, आजै वैठक बसेर उनीमाथि हामी निर्मम निर्णय लिन्छौँ । स्पष्टिकरण सोध्छौँ । सार्वजनिक पदमा बसेर यसप्रकारको हर्कत गर्न कसैलाई छुट छैन । सम्भवतह आजै वैठक बसेर उनीमाथि गम्भीर कारबाही हुन्छ ढुक्क रहनुस् ।’
उनले दोहोर्याउँदै भने अरु बेला उहाँ ठिक हुनुहुन्छ तर खाएको बेलामा जथाभावी गर्ने, मनपरी बोल्ने बानीले उहाँ पतनको दिशामा जानुभयो ।’

मदिरा सेवन गर्ने हरेक मान्छेको नीजि विषय भए तापनि सारा वडा र नगरबासीलाई थाहा हुने गरी एउटा सार्वजनिक पद धारण गरेको ब्यक्तिबाट यसो हुनु नीन्दनीय भएको समाजका बुद्धिजिवी बताउँछन् । उनको गतिविधि बुझ्ने कतिपयले मिले वडा अध्यक्ष पदबाट हटाउन र नमिले नगरप्रवक्ता पद खोसेर अरुलाई सुम्पनु पर्ने बताउँछन् । यसो नगर्दासम्म उनी नसच्चने उनीहरुको भनाई छ ।