मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तरराष्ट्रिय क्रिकेटबाट मोइन अलीको सन्यास

अन्तरराष्ट्रिय क्रिकेटबाट मोइन अलीको सन्यास

अपि टाइम्स

काठमाडौं । इंग्ल्यान्ड क्रिकेट टीमका अलराउन्डर मोइन अलीले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

मोइन अली सन् २०२४ मा खेलिएको टी(२० विश्वपकमा इंग्ल्यान्ड क्रिकेट टीमका सदस्य थिए ।

मोइनले सन्न्यासको घोषणा गर्दै भनेका छन्, ‘म ३७ वर्षको भएको छु । म अघिल्लो महिना अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागिसमेत सदस्यका रुपमा छैन । मैले इंग्ल्यान्डका लागि धेरै क्रिकेट खेलेँ । अब नयाँ पिढीको समय आएको छ । मैले आफ्नो काम गरेँ । अब अलबिदा भन्ने सही समय यही हो ।’

आफ्नो इन्टरनेशनल करिअरमा मोइनले इंग्ल्यान्डका लागि ६८ टेस्ट म्याच खेले । जसमा उनले ३०४९ रन बनाए, २०४ विकेट पनि लिएका छन् ।