मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

अपि टाइम्स

काठमाडौं । सरकारले पूर्वउपसभामुख चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेसकी नेतृ समेत रहेकी यादवलाई अस्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि अस्ट्रेलियाका लागि सिफारिस भएकी कांग्रेसकी नेतृ कान्ता रिजालको नाम विवादका कारण काटिएको थिए । उनको स्थानमा यादवको सिफारिस गरिएको हो ।

सरकारले १८ देशका राजदूत सिफारिस गर्दा समावेशी नभएको भन्दै आलोचना भएको थियो ।