मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वकप लिग २ को त्रिदेशीय शृंखला, यस्तो छ नेपाली टोली

विश्वकप लिग २ को त्रिदेशीय शृंखला, यस्तो छ नेपाली टोली

अपि टाइम्स

काठमाडौँ । क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ ‘क्यान’ले रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

त्रिदेशीय सिरीजमा नेपाल, क्यानाडा र ओमान रहेका छन्। सिरीजको पहिलो खेल सेप्टेम्बर १६ मा नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्ने छ। यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको समाना गर्नेछ।

पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको नेपालले नामिबियासँग दुवै खेल हारेको थियो भने नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो।

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

नेपाली टोली
रोहितकुमार पौडल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भिम सार्की, आरिफ शेख, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (रिजभ)