मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुम्बिनीका मन्त्री बादशाह कुर्मीले राजीनामा दिए, यस्तो छ कारण

लुम्बिनीका मन्त्री बादशाह कुर्मीले राजीनामा दिए, यस्तो छ कारण

अपि टाइम्स

दाङ । लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका बादशाह कुर्मीले राजीनामा दिएका छन् । कुर्मीविरुद्धको आन्दोलन चर्किँदै गएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिन भनेका थिए ।

देउवासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले नराम्रो सन्देश गएको भन्दै राजीनामा दिन सुझाएपछि कुर्मीले पद छाडेका हुन् । कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएका हुन् ।

कुर्मीविरुद्ध बाँकेकी निर्मला कुर्मीलाई अपहरण गरेर बेपत्ता पारेको आरोप लागेको छ। मन्त्री कुर्मीलाई बर्खास्त गर्न काठमाडौंमा रुवी खान नेतृत्वमा आन्दोलन चलिरहेको छ।

कुर्मीलाई गत साउन ९ गते प्रदेश मन्त्री पद पुरस्कारमा दिइएपछि कांग्रेस र एमाले सम्मिलित सत्ता गठबन्धनको चर्को आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा ठगी र कर्तव्य ज्यान मुद्दाको अभियोग लागेका एकजना प्रदेशसभा सदस्यलाई मन्त्री बनाएको छ ।

प्रदेश सभा सदस्य बादशाह कुर्मीलाई कांग्रेसले विनाविभागीय मन्त्री बनाएको हो ।

यस्तो थियो अभियोग

जिल्ला प्रहरी कार्यालय बाँकेकाअनुसार कुर्मीविरुद्ध कर्तव्य ज्यान मुद्दा र ठगीमा अनुसन्धान जारी छ ।

मन्त्री बादशाह कुर्मीलाई निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको अभियोग लागेको छ । कुर्मीविरुद्ध ठगी र कर्तव्य ज्यान मुद्दामा जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धान चलिरहेको छ।

बादशाहसहितको संलग्नतामा २०७५ सालमा एकल महिला निर्मलालाई अपहरण गरी बेपत्ता पारिएको उनको परिवारको आरोप थियो । प्रहरीले गरेको अनुसन्धानबाट पनि उक्त प्रकरणमा बादशाहको संलग्नता खुल्ने प्रमाण भेटिएका थिए ।