मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विदेश छोडेर आए रिखिरामः भन्छन् ‘गृहनगरमा जनताको माया रहेछ’

विदेश छोडेर आए रिखिरामः भन्छन् ‘गृहनगरमा जनताको माया रहेछ’

अपि टाइम्स

जितपुर । कपिलवस्तुमा सामाजिक संजालमार्फत् खबरदारी गरिरहेका रिखिराम भट्टराई वैदेशिक रोजगारी छोडेर गृहनगर आएका छन् । केहिदिन अघि त्रिभुवन अन्र्तराष्टिय विमानस्थलको बाटो हुँदै रिखिराम बाणगंगास्थित वडा नम्बर ८ मा रहेको धनेशपुर घरमा आएका हुन् । विदेश रहेर बिभिन्न संस्था र ब्यक्तिको चरित्र हत्या गर्नेगरी खबरदारी गरेको भन्दै केहि ब्यक्तिले उनलाई स्वदेशमा आएर काम गर्न चेतावनी दिइरहेका थिए ।

निराधार र अपुष्ट सुचनामार्फत् रिखिरामले हैरानी पारेको भन्दै मुद्धामामिला गर्ने पनि हल्ला चलिरहेको छ । कतिपयले विमानस्थलबाटै रिखिराम पक्राउ पर्ने पनि बताइरहेका थिए ।
त्यो सबै सुचना र हल्ला आफूले पनि सुनेको भन्दै खबरदारी गरेको आधारमा केके गर्नु पर्ने हो गर्न उनले चेतावनी दिए ।
गृहनगर आएको र अब पनि उस्तै गरी डटेर विकृतिविरुद्ध खबरदारी गर्ने उनले बताएका छन् ।

यहाँ आउादा आफ्नो खबरदारीमा धेरै जनताको समर्थन रहेको आफूले पाएको भन्दै उनले खुसी ब्यक्त गरे । अहिले पनि धेरै जनाले घरमै आएर भेटघाट गरिरहेको उनले बताए ।
अब समस्यामा परेका ब्यक्तिलाई भेटघाट गर्ने, कुरा सुन्ने, आवाज उठाउने र वेथिति मच्याउने शाषकविरुद्ध अझै कडा ढंगबाट भौतिक प्रतिवादमा उत्रने उनको चेतावनी छ ।

सार्वजनिक विषय उठाउँदा र जनताको विषयमा बोल्दा जेल जान, मुद्धा खेप्न पनि तयार रहेको उनको भनाई छ । रिखिरामका गतिविधिबाट मुख्य गरी पार्टीका जनप्रतिनिधि, नेता, कार्यकर्ता बढी चिढिएका छन् ।