मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाणगंगामा खुल्यो सुविधासम्पन्न जिम हाउस, यस्ता छन् विशेषता !

बाणगंगामा खुल्यो सुविधासम्पन्न जिम हाउस, यस्ता छन् विशेषता !

अपि टाइम्स

जितपुर । बाणगंगाको चार नम्बरमा सुविधा सम्पन्न जिम हाउस संचालनमा आएको छ । जुम्मा र डाइट प्लानसहित बाणगंगाका २ जना युवाहरु सुगम खनाल र शुसील आचार्यले कार्की कम्प्लेक्समा द रोयल क्लव एण्ड एसएस प्रोटिन घर संचालनमा ल्याएका हुन् ।

बाणगंगामा जनसंख्या बढिरहेको, बसाइसराईको दर पनि उच्च रहेको, शिक्षित मानिसहरुको पनि बसोबास रहेको बताउँदै यहाँ सुविधासम्पन्न जिम हाउसको माग पहिलेदेखि भएको आवश्यकता बोध गरी त्यहि माग पुरा गर्न लाखौँ लगानीमा जिम हाउस खोलिएको संचालक सुगम खनाल बताउँछन् ।

बजारमा प्रशिक्षक विनाका जिम हाउसहरु संचालनमा रहेकाले त्यसले स्वास्थ्यमा लाभ भन्दा पनि हानी गर्ने भएको हुँदा आफूहरुकहाँ तालिम प्राप्त प्रशिक्षक रहेको खनालको भनाई छ । त्यसको लागि अहिले ३ जना युवाले रोजगारी पाएको खनालले बताए ।

फिटनेस सेन्टरमा अहिले जिमसंगै जुम्मा संचालन हुने र विस्तारै एरोविक्स कक्षाहरु पनि संचालन हुने सुगमको भनाई छ । जिमको लागि पोषण पनि चाहिने भएका हुँदा आवश्यक पोषणयुक्त खानाको पनि व्यवस्था गरिएको छ । सुरुमा आउनेको लागि ५० प्रतिशत छुटको सुविधा रहेको खनालले बताए ।

उनले ३ महिना गर्दा १ महिना छुट, ६ महिना गर्दा २ महिना र १ बर्ष गर्दा ३ महिना छुट दिने गरी तयारी गरिएको उनले बताए । महिला पुरुष जो पनि ढुक्कसंग स्वस्थ रहन खनालको आग्रह छ । अब जिमको लागि बाहिर जान नपर्ने अर्का संचालक शुसील आचार्य बताउँछन् ।

आफूहरुको जिम हाउसमा सबै आधुनिक साधन र उपकरण रहेकाले ढुक्क भएर आउन आचार्यले आग्रह गरे ।
कार्यक्रमको उद्घाटनको अवसरमा बोल्नेहरुले युवाहरुलाई समेट्ने गरी जिम संचालन गर्नु प्रशंसायोग्य कार्य भएको भन्दै प्रसंसा गरेका थिए । फिटनेस सेन्टरले युवाहरुको शारीरिक र मानसिक स्वास्थ्यसंगै अनुशासित रहन पनि सहयोग पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

त्यहाँ गएपछि आफ्नो उचाई तौलबारे आफैले जानकारी लिन सकिने छ भने त्यसैको आधारमा प्रशिक्षकले तालिममा लैजाने प्रशिक्षकहरु बताउँछन् ।

९० प्रतिशत स्वास्थ्यका लागि र १० प्रतिशत शरीर बनाउनका लागि जिम हाउस आवश्यक पर्ने विज्ञहरु बताउँछन् । फिटनेस सेन्टरमा नियमित व्यायम गर्दा रोगसंग लड्ने क्षमता वृद्धि गर्न सकिने,प्यारालाइसिसका ६० प्रतिशत विरामी निको भएको र घाइते तथा उच्च रक्तचापका समस्याहरु समधान समेत हुने गरेको विज्ञको भनाई छ ।

बाणगंगा क्षेत्रमा क्षेत्रमा व्यवस्थित जिम हाउस नहुदाँ अन्यत्रै जानुपर्ने बाध्यता थियो । जिम हाउस संचालन भएसंगै विहान, दिउसो र साँझ मानिसहरुको भीँड सुरु भइसकेको संचालकहरु बताउँछन् ।

त्यहि घरमा पहिले पनि जिम हाउस संचालनमा थियो तर ब्यवस्थित थिएन । अहिले नयाँ ब्यवस्थापनसहित सुरु गरेको उनीहरु बताउँछन् । विदेश जान भन्दा स्वदेशमा नै केहि गर्ने आफूहरुको इच्छा र चाहाना अनुसार रिक्स मोलेको भन्दै सबैबाट साथ र माया पाउनेमा संचालकद्धय आशावादी छन् ।

सुरु भएको केहि दिनमै १ सय बढी मानिस क्लवमा आउनुभएका उनीहरुको दावी छ । अहिले युवा महिला र पुरुषको आकर्षण बढी रहेको खनालको भनाई छ । सुगम युटुवरको रुपमा पनि चिनिन्छन् ।