मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लेखा समिति सभापति पोखरेलकी श्रीमतीमाथि सहकारीको रकम अपचलन आरोप

लेखा समिति सभापति पोखरेलकी श्रीमतीमाथि सहकारीको रकम अपचलन आरोप

अपि टाइम्स

काठमाडौँ । पछिल्लो समयमा सहकारी ठगी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरूको नाम जोडिँदै आइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले गोर्खा मिडिया प्रालिमा सहकारीहरूबाट रकम भित्र्याएको आरोपमा संसदीय छानबिन बेहोरिरहेका छन्।

कांग्रेस उपसभापति धनराज गुरूङमाथि पनि उनकी पूर्वश्रीमती ज्योति गुरूङको नाम जोडेर आरोप लागिरहेको छ। धनराजले भने आफूमाथि खुला छानबिन गर्न आफै माग गरिरहेका छन्।

यही क्रममा मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरण पनि बाहिर आएको छ। जहाँ संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम पनि जोडिएको छ।

मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको यो सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जलाले भने सहकारीबाट आफै ठगीमा परेको र सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गरिरहेकी छिन्।

सहकारी नियमन गर्ने प्रदेशस्थित निकाय प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयलाई सेतोपाटीले यसबारे सोधेको छ।

कार्यालय प्रमुख हरिबहादुर खत्रीलाई हामीले सोधेका थियौं, ुउमागौरी सहकारीमा करोडौं रकम हिनामिना भएको चर्चा छ। तपाईं नेतृत्वको कार्यालय यसबारे के कति जानकार छ?

कार्यालय प्रमुख खत्रीले आफ्नो कार्यालयले अहिलेसम्म उमागौरी कृषि सहकारीको हिसाबकिताब र निर्णय पुस्तिकाहरू हेर्नसमेत नपाएको बताए।