मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले संसदीय दलले उपसभामुख रानामगरबारे निर्णय गर्ने

एमाले संसदीय दलले उपसभामुख रानामगरबारे निर्णय गर्ने

अपि टाइम्स

काठमाडौँ । सत्तारुढ एमालेले उपसभामुख इन्दिरा रानामगरले पदीय मर्यादाविपरीत काम गरेको सन्दर्भमा निर्णय गर्ने जिम्मा संसदीय दललाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय ललितपुर च्यासलमा शुक्रबार बसेको सचिवालय बैठकमा उपसभामुखमाथि उठेका प्रश्नबारे छलफल भए पनि निष्कर्षमा नपुगेको जनाएको छ । महासचिव शंकर पोखरेलले संसदको मामला भएकाले दलले गर्ने निर्णयमा समर्थन हुने बताए ।

‘उठेका प्रश्नमा उपसभामुख आफैले स्पष्ट गर्नुपर्छ । यदि सत्य हुन् भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्टै छ । के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ उनले बैठकपछि संवाददातासँग भने, ‘संसद्‌को मामिला कुरा हो । संसद्‌मा संसदीय दलले गर्ने काममा पार्टीको पूर्ण समर्थन रहन्छ ।’

उनले सरकारको समीक्षा गर्ने बेला नभएको भन्दै सत्तारुढ दलको साझा कार्यक्रम बनाउन केन्द्रित रहेको बताए । ‘सरकारको कामको समीक्षा सुरु गर्ने बेला भएको छैन । यद्यपि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि जनतामा आशा जागेको पार्टीको मूल्यांकन छ,’ उनले भने, ुसत्तापक्ष राजनीतिक दलबीच सम्बन्ध घनिष्ट बनाउने र साझा न्यूनतम कार्यक्रम बनाउने काम सुरु भएको छ ।ु