मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रियलको जितमा भिनिसियस र एमबाप्पेको पेनाल्टी गोल

रियलको जितमा भिनिसियस र एमबाप्पेको पेनाल्टी गोल

अपि टाइम्स

काठमाडौं। भिनिसियस जुनियर र केलियन एमबाप्पेले पेनाल्टीमार्फत गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा रियल सोसिडाडमाथि २–० को जित निकालेको छ।

५८औं मिनेटमा कार्लो एन्सेलोट्टीको टोलीलाई भिनिसियसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। अर्डा गुलरले डिबक्सको किनाराबाट प्रहार गरेको बल सर्जियो गोमेजको हातमा लागेको थियो। त्यसपछि रियलले पेनाल्टी पाएको हो।

एमबाप्पेले ७५ औं मिनेटमा अर्को पेनाल्टी गोल गर्दै रियललाई तीन अंक दिलाए। रियल दोस्रो स्थानमा रहे पनि ११ अंक जोडेको छ। आइतबार पाँचौं स्थानको जिरोनासँग खेल्ने बार्सिलोनाभन्दा एक अंकले पछि छ।

च्याम्पियन्स लिगको पहिलो खेल सुरु हुनुभन्दा तीन दिनअघि रियलले मंगलबार स्टुटगार्टमा आफ्ना खेलाडीलाई मैदानमा उतार्नेछ।