मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शिवराजका सडकमा पशु छाड्नेलाई २० हजार जरिवाना, सुचना दिनेलाई १० हजार पुरस्कार

शिवराजका सडकमा पशु छाड्नेलाई २० हजार जरिवाना, सुचना दिनेलाई १० हजार पुरस्कार

अपि टाइम्स

चन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिकाले पशु चौपाया छाडा छोड्नेमाथि कडा नीतिको अबलम्बन गरेको छ । नगरप्रमुख अजय थापाका अनुसार नगरपालिका भित्रका सडकमा कुनै पनि ब्यक्तिले आफ्ना पशु चौपाय छाडा छोडेको खण्डमा २० हजार रुपैयाँ जरिवाना गर्ने भएको हो ।

यस्तै छाडा पशु चौपाय सडकमा छोडेको सुचना र प्रमाण दिने ब्यक्तिलाई पनि मोटो रकमले पुरस्कृत गर्ने नगरप्रमुख थापाले फेसबुकमार्फत जानकारी गराएका छन् ।

थापाले अपिटाइम्ससंग भने छाडा पशु चौपाय सडकमा छोड्दा दुर्घटना बढ्यो । यसको नियण्न्त्रणको लागि कडा नियम नबनाई भएन । त्यसैले २० हजार रुपैयाँ जरिवाना तिराउने भएका छौँ । यस्तै सुचना पनि दिने ब्यक्तिलाई पनि १० हजार रुपैयाँले पुस्कृत गर्नेछौँ ।
पशु सडकमा छाडेको गुनासो आउने तर अनुगमनमा जाँदा कसको हो प्रमाण नभेटिने भयो । त्यसैले सुचना ग्रहण गर्न र कारबाहीको लागि सजिलो होला भनेर सुचना दिने ब्यक्तिलाई पनि नगद दिने भनेका छौँ । राजमार्गसंगै भित्री सडकहरुमा पनि पशु चौपाय छाडा नछोड्ने उनको आग्रह छ ।

पशु चौपायले सडकमा दुर्घटना र प्रदुषण बढाएको उनले बताए । सुचना ब्यक्तिलाई गोप्य राखिने पनि नगरपालिकाले जनाएको छ । सडकमा छाडा रुपमा पशु चौपाय देखेको खण्डमा ९८६२२१६९३०, ९८०४४८५४०४ नम्बरमा सम्पर्क गरी सुचना दिन मेयर थापाको आग्रह छ ।