मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अकोराव लुम्बिनी प्रदेशमा कपिलवस्तुका २ जनाको प्रतिनिधित्व, सचिवमा पोख्रेल

अकोराव लुम्बिनी प्रदेशमा कपिलवस्तुका २ जनाको प्रतिनिधित्व, सचिवमा पोख्रेल

अपि टाइम्स

कपिलवस्तु । सामुदायिक रेडियो प्रसारक संघ ‘अकोराव’ लुम्बिनी प्रदेशको अध्यक्षमा अर्घाखाचीका नविन केसी सर्वसम्मत चयन भएका छन् । संघको काठमाडौँमा भएको १८ औँ साधारण सभा तथा आठौँ अधिवेशनले देशभर सर्वसम्मत नेतृत्व चयन गर्ने क्रममा लुम्बिनी प्रदेशमा पनि सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

जसअनुसार रेडियो मालाानीका केसी अध्यक्ष भएका हुन् । केसीले अध्यक्ष पाउँदा सचिव पद भने कपिलवस्तुको भागमा पर्यो । सचिवमा रेडियो बाणगंगाका ब्यवस्थापक गणेश पोख्रेल सर्वसम्मत भए । यस्तै सदस्यमा पनि रेडियो शिवराजस्थित रेडियो समानताका कार्यक्रम संयोजक अर्जुन बेलबासे चयन भए ।

राजनैतिक भागवण्डा अनुसार लुम्बिनी प्रदेश एमालेनिकट प्रेस चौतारीको भागमा परेको थियो भने सचिव प्रेस युनियनको भागमा परेको थियो । पोख्रेल युनियनको कपिलवस्तु उपसभापतिसमेत हुन् । यसअघि प्रदेशको अध्यक्षमा कपिलवस्तुका राजु खराल र कोषाध्यक्षमा माधव भाट क्षेत्री चयन भएका थिए ।

भागवण्डा अनुसार संघको अध्यक्षमा प्रेस युनियनका अर्जुन गिरी अध्यक्षमा दोहोरिएका छन् ।