मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छः स्वर्णिम वाग्ले

रवि लामिछानेले ‘क्लिन चिट’ पाउनुभएको छः स्वर्णिम वाग्ले

अपि टाइम्स

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारीको रकम दुरुपयोगका सम्बन्धमा क्लिन चिट पाएको दाबी गरेका छन् ।

सोमबारको प्रतिनिधि सभा बैठकपछि संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वाग्लेले यस्तो बताएका हुन् ।

‘रवि लामिछानेजीले त आज क्लिन चिट पाउनुभएको छ मूल आरोपबाट । अव ठुला पार्टीमा ठुलै पद ओगटेर बसेका वास्तविक ठगहरू योबाट उजागर भएको छ’, वाग्लेले भने,‘अन्तत्वगत्वा संसदीय समितिले देशको भलो हुने काम नै गरेको जस्तो लागेको छ ।’

उनले वास्तविक सहकारी पीडितको मुद्दा नछोड्ने पनि बताए । सभापति रवि लामिछानेले अझै पनि आफूले उठाएको विषयलाई कसैले लिपपोत गरे आफूले प्रतिवाद नगर्ने बताए ।

कार्यबहाक प्रवक्ता मनिष झाले समितिले ८३ अर्बको अवैध कारोबार भयो भनेको तर गोरखा मिडियामा ८५ करोडमात्र गएको भनेकाले ८२ अर्ब १५ करोड रुपैयाँ खोज्ने कि नखोज्ने बताए ।