मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काभा भलिबल च्याम्पियनसिपः मामाल्दिभ्समा पुलिसको लगातार दोस्रो जित

काभा भलिबल च्याम्पियनसिपः मामाल्दिभ्समा पुलिसको लगातार दोस्रो जित

अपि टाइम्स

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हासिल गरेको छ।

माल्दिभ्सको मालेमा सोमबार भएको खेलमा श्रीलंकाको श्रीलंका एयर फोर्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो।

पुलिसले पहिलो सेट २५–१६ ले जितेको थियो। दोस्रो सेट पनिमा श्रीलंकाले टक्कर दिएपनि पुलिसले पाँच अंकको अग्रता राख्दै २५–२० ले खेल आफ्नो पक्षमा पार्न सफल भयो।

तेस्रो सेटमा पनि पुलिस १९-२१ ले पछि परेको थियो। तर, श्रीलंकालाई रोक्दै २५–२१ ले सेट जित्न सफल भयो।

आइतबार भएको पहिलो खेलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियोे।

जितसँगै पुलिसले ६ अंक जोडेको छ। श्रीलंकाले भने माल्दिभ्सकै क्लब वाम्कोसँग भएको खेलमा पहिलो खेल ३–१ को सेटमा गुमाएको थियो।