मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तोकियो रास्वपाको पहिलो महाधिवेशन मिति

तोकियो रास्वपाको पहिलो महाधिवेशन मिति

अपि टाइम्स

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा ) ले पहिलो महाधिवेशन घोषणा गरेको छ। बुधबार बसेको राष्ट्रिय सभा भेला कार्यक्रमको अन्तिममा रास्वपाका सभापति रवि लामिछानेले पहिलो महाधिवेशनको मिति घोषणा गरेका हुन्।

महाधिवेशनको मिति २०८२ साल वैशाख २५, २६ र २७ गतेको लागि तोकिएको छ।

यस्तै, सभापति लामिछानेले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा समेत परिवर्तन गरेका छन्।

साउनको १८ र १९ गते बसेको बन्द कार्यशाला बैठकले आगामी वैशाखको तेस्रो साता महाधिवेशन गर्न सुझाव दिएको थियो।