मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तह उपनिर्वाचनः रास्वपाले उम्मेदवार नउठाउने, स्वतन्त्रलाई सघाउने

स्थानीय तह उपनिर्वाचनः रास्वपाले उम्मेदवार नउठाउने, स्वतन्त्रलाई सघाउने

अपि टाइम्स

काठमाडौँ । आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।

आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ ।

आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ ।

२०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।
यसैबीच मुलुकको चौथो शक्तिको रुपमा रहेको राष्टिय स्वतन्त्र पार्टीले उप निर्वाचनमा आफ्ना उम्मेदवार नउठाउने भएको छ । तयारी नपुगेको भन्दै उपनिर्वाचनमा उम्मेदवार नउठेर स्वतन्त्रमध्येको राम्रो उम्मेदवारलाई जिताउने सभापति रवि लामिछानेले जानकारी दिएका छन् । राष्टिय भेलामा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले सो कुराको जानकारी गराएका हुन् ।