मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओमानसंगको खेलमा दुवै कुशल र दीपेन्द्र बेन्चमा, कसको इन्ट्री ?

ओमानसंगको खेलमा दुवै कुशल र दीपेन्द्र बेन्चमा, कसको इन्ट्री ?

अपि टाइम्स

काठमाडौं । विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपाली टोलीमा तीन परिवर्तन भएको छ ।

सोमवार क्यानडासँगको खेलमा टोलीमा रहेका कुशल भुर्तेल, कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी ओमानसँगको खेलमा बेन्चमा रहेका छन् । उनीहरुको स्थानमा अर्जुन साउद, अनिल कुमार शाह र आरिफ शेखले मौका पाएका छन् ।

ओमानविरुद्ध नेपालले टस हारेको छ । त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो । ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ ।

नेपालको प्लेइङ ११
आरिफ शेख, अनिल शाह, भीम सार्की, रोहित पौडेल९कप्तान०, अर्जुन साउद, आरिफ शेख, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी