मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

७५ वर्षसम्मको शाषनलाई रोकेर श्रीलंकामा चुनिए वामपन्थी राष्ट्रपति

७५ वर्षसम्मको शाषनलाई रोकेर श्रीलंकामा चुनिए वामपन्थी राष्ट्रपति

अपि टाइम्स

काठमाडौं । वामपन्थी नेता अनुरा कुमारा दिशानायके ‘एकेडी’ नयाँ राष्ट्रपति निर्वाचित भएका छन् । ७५ वर्षसम्म श्रीलंकाको शासन सत्ताको वरिपरि रहेकाहरुलाई रोकेर दिशानायकेलाई राष्ट्रपति चुन्ने श्रीलंकाली जनताको निर्णय २०२२ को विद्रोहको निरन्तरता भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

आर्थिक संकट चुलिएपछि श्रीलंकामा सुरु भएको जनप्रदर्शनले दुई वर्षअघि श्रीलंकामा राजापाक्षे परिवारको शासन अन्त्य गरेको थियो । प्रधानमन्त्री महिन्दा राजपाक्षेले राजीनामा दिनु परेको थियो भने उनका भाइ राष्ट्रपति गोटाबाया राजपाक्षे १४ जुलाई २०२२ मा देश छोडेर भाग्न बाध्य भए । त्यसपछि संसदले ६ पटक प्रधानमन्त्री भइसकेका रनिल विक्रमासिंघेलाई नयाँ राष्ट्रपति बनायो ।

त्यसबेला अधुरो रहेको शासन सत्तामा परिवर्तनको चाहना श्रीलंकाली नागरिकले शनिबार सम्पन्न राष्ट्रपति निर्वाचन मार्फत पूरा गरे ।

नयाँ राष्ट्रपतिका लागि भएको निर्वाचनमा निवर्तमान राष्ट्रपति विक्रमासिंघे आफैं मैदानमा उत्रिएका थिए । उनी युनाइटेड नेशनल पार्टीका हुन्, तर अरुको समर्थन जुटाउन स्वतन्त्र उम्मेदवार बने ।