मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रविले भने ‘सक्नुस् लैजानुस्, षडयन्त्र गरेर लैजान सक्नुहुन्न’

रविले भने ‘सक्नुस् लैजानुस्, षडयन्त्र गरेर लैजान सक्नुहुन्न’

अपि टाइम्स

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफूले केही नबिराएको दाबी गर्दै पक्राउ परिन्छ कि भनेर नडराएको पनि बताएका छन् । आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै पार्टी कार्यालयमा आइतबार राति समर्थकहरुलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफू नडराएको भन्दै प्रतिवाद गर्ने चेतावनी दिए । आफू हिजो पनि अन्यायको सिकार भएको र अहिले पनि त्यो जारी रहेको उनले बताए ।

सरकारले षडयन्त्र गरेर आफूमाथि जे पनि गर्न सक्ने भएकाले सजग रहन उनको अपिल छ । एक जनामाथि यसरी खनिएर अन्याय भएको उनले बताए ।

आफूलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्न खोजिएको बारे आक्रोश पोख्दै लामिछानेले आइतबार राति पार्टी कार्यालयमा ​समर्थकहरुलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले भने मैले केही बिराएको पनि छैन, म डराएको पनि छैन’, , ‘सबैलाई हेक्का होस्, दुई तिहाइको सरकारलाई हेक्का रहोस् रवि लामिछाने मान्छे बेचेर राजनीतिमा आएको होइन ।’

प्रहरीको अनुसन्धानदेखि कहीँ कतै पनि आफू सहकारी ठगीमा संलग्न नरहेको देखिएको दाबी गर्दै उनले गोरखा मिडियामा आएको पैसा चलाएको बारेमात्रै कारबाही गर्न भनेको बताए ।

‘कुनै पनि तथ्यले रवि लामिछाने सहकारी ठगीमा छैन संलग्न भएको पुष्टि भएको छैन । तर, अहिले कुन नयाँ तथ्य आयो र यो ट्रायल भइरहेको छ रु’, उनले आक्रोश पोखे ।