मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतिभा सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा जंग बहादुर यादव (अहिर) विजयी

प्रतिभा सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा जंग बहादुर यादव (अहिर) विजयी

अपि टाइम्स

प्रतिभा सामुदायिक बन उपभोक्ता समितिको अध्यक्षमा जंग बहादुर यादव (अहिर) विजयी हुनुभएको छ । आज सम्पन्न निर्वाचन एवम् सकिएको मतगणनामा यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो । निवर्तमान अध्यक्ष समेत रहनुभएका यादव १४२ एकसय बयालीस मतका साथ विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै पदाधिकारी सहित अन्य सदस्य पदमा पनि यादवकै प्यानलले जीत हासिल गरेको छ । समितिको उपाध्यक्षमा गीता घिमिरे, सचिवमा मीना चौधरी, सह-सचिवमा नारायणी थारु, कोषाध्यक्षमा ऋषिराम भट्टराई र अन्य सदस्यहरुमा विजयी हुनुभएको बताइएको छ ।


कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं २ लखनपारामा अवस्थित वन समितिको आजै निर्वाचन भएको हो । विहान सात बजे देखि भएको निर्वाचन ११ बजे सम्म चलेको निर्वाचन समितिले जनाएको छ ।
बन उपभोक्ता समितिको अध्यक्षमा २ जनाको प्रतिस्पर्धा रहेको थियो । जसमा निवर्तमान अध्यक्ष जंगबहादुर यादव र ओमप्रकाश थारु अध्यक्ष पदको लागि चुनावी मैदानमा हुनुहुन्थ्यो । जसमा ओमप्रकाशलाई पछि पार्दै यादव अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
लेखा समिति तर्फ संयोजकमा राजिव शर्मा र सदस्यहरुमा गणेश भट्टराई र यदाव घिमिरे पनि विजयी हुनुभएको छ ।
ओमप्रकाश नेपाली कांग्रेसका आधिकारीक उम्मेदवार हुनुहुन्थ्यो भने यादव एमालेको रुपमा चुनाव लड्नुभएको हो । पदाधिकारी सहित २२ जनाको उम्मेदवारी परेको थियो । कुल २ सय ४९ मतदाता रहे पनि २ सय २९ मत खसेको निर्वाचन समितिले जनाएको छ । बनको पाँचौं अधिवेशनमा मतदान भएको हो ।

सम्पूर्ण नतिजाको विवरण यसप्रकार रहेको छ ।